May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

८ वर्ष पुरा हुँदा पनि टीकापुर घटनाले पाएन न्याय

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १६:३४
८ वर्ष पुरा हुँदा पनि टीकापुर घटनाले पाएन न्याय
  • कैलालीको टीकापुर घटनाले ८ वर्ष पुरा गर्यो  
  • सम्झनाको रुपमा घर्ष समितिको विद्रोह सभा
  • टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई रिहा गर्न माग
  • अध्‍यक्ष चन्द्रप्रसाद चौधरीले टीकापुर घटनालाई गम्भीर रुपमा नलिए फेरि अर्को विद्रोह हुन सक्‍ने चेतावनी

काठमाडौं ।।

८ वर्षअघि कैलालीको टीकापुरमा भएको थरुहट थारुवान आन्दोलनलाई बिहीबार थारू कल्याणकारिणी सभा र थरूहट थारूवान संयुक्त संघर्ष समितिले विद्रोह सभाको रुपमा सम्झना गरेको छ । २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थरुहटरथारुवान आन्दोलनका क्रममा थारु समुदायमाथि आक्रमण भएको विरोधमा टीकापुर विद्रोह सभाको रुपमा मनाएको थारु कल्‍याणकारिणी सभाको उपत्यका आन्दोलन परिचालन समितिका संयोजक सुमन चौधरीले बताए ।

उनीहरूले टीकापुर घटनाका क्रममा लगाइएका झुठा मुद्दा फिर्ता गर्नुपर्ने र थारू कल्याणकारिणीसभा लगायतका थारू संघ संस्थासँग विभिन्‍न समयमा भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई रिहा गर्न माग गरे ।

टीकापुर घटना थारू समुदायको हक अधिकार र पहिचानलाई स्थापित गराउने आन्दोलन भन्दै उनले भने, ‘तर राज्‍यले थारूमाथि चरम दमन गर्‍यो र अधिकार माग्‍नेलाई जेल हाल्यो । उनीहरूको चाँडै रिहाइ होस् ।’ नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्‍यक्ष चन्द्रप्रसाद चौधरीले टीकापुर घटनालाई गम्भीर रुपमा नलिए फेरि अर्को विद्रोह हुन सक्‍ने चेतावनी दिए ।

बिहीबार नै कैलालीको टीकापुरमा आयोजित कार्यक्रममा थारु अगुवा तथा विभिन्‍न राजनीतिक दलका नेताहरु सहभागी भए । उनीहरुले टीकापुर घटनालाई राज्‍यले राजनीतिक घटनाका रुपमा लिएर सबै बन्दीलाई रिहा गर्नुपर्ने उनीहरुको माग छ । संविधान निर्माणका बेला थरुहट थारुवान छुट्टै प्रदेश हुनुपर्ने माग गर्दै कैलालीको टीकापुरमा थारु समुदायले आन्दोलन गरेका थिए ।

त्यस क्रममा आन्दोलनकारी पक्षबाट भएको आक्रमणमा परी नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र एक बालकको हत्या भएको थियो । यो घटनामा दोषी ठहर भएका रेशम चौधरी पाँच वर्ष जेल परेपछि गत १५ जेठमा राष्ट्रपतिबाट आममाफी पाएर रिहा भए भने सोही घटनाका कतिपय दोषीहरु जेलमै छन् ।

 

 

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १६:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।