पोखरा ।।
जुवा तास खेलेको आरोपमा बैदाम प्रहरी कार्यालय कास्कीले बिहीबार ४ लाख ४७ हजार रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष ५८ वर्षका मोहन थकाली भनिने मोहन सिंह लालचनसहितका ७ जना छन् । उनीहरुलाई पोखरा ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको बैदाम प्रहरी प्रमुख वेद जोशीले जानकारी दिए ।
पक्राउ पर्नेमा होटल सञ्चालक मुस्ताङ घरपझोङ गाउँपालिका २ का ५७ वर्षीय इन्द्रबहादुर कार्की, ४६ वर्षीय नवीनप्रसाद थकाली, पोखरा ८, सिर्जनाचोकका ६३ वर्षीय शंकर ज्वारचन, महेन्द्रपुलका ५३ वर्षीय गुञ्ज हिराचन, ५९ वर्षीय दलबहादुर हिराचन पनि रहेका प्रहरीले जनाएको छ।