May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

मलंगवामा निषेधाज्ञा जारी

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १0:४९
मलंगवामा निषेधाज्ञा जारी
  • कर्फ्यू आइतबार बिहान ८ बजेदेखि खुल्यो 
  • अज्ञात समूहबाट ढुंगामुढा प्रहार भएपछि झडप
  • एक युवकमाथि छुरा प्रहार

सर्लाही ।।

सर्लाहीको सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यू आइतबार बिहान ८ बजेदेखि खुलेको छ । तर ७२ घण्टासम्म निषेधाज्ञा भने जारी गरिएको छ । कर्फ्यू खुलेपछि बजार, पसल भने खुल्न थालेका छन् भने जनजीवन सामान्य बनेको छ । सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप तथा कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो ।

कर्फ्यू आदेश जारी गरिएको समयमा स्थिति सामान्य रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यू खुलेको जानकारी दिए । तर सम्भावित घटना हुन नदिन स्थानीय प्रशासनले ७२ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ ।

भेला, जुलुस, धर्ना, आमसभालगायतका कार्यक्रम गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । प्रहरी उपरीक्षक नरेशराज सुवेदीले निषेधाज्ञामा मानिस हिँडडुल गर्न पाउने, बजार पसल खोल्न पाउन, तर भेला, जुलुसलगायतका उच्छृंखल गतिविधि गर्न नपाइने जानकारी दिए ।

शुक्रबार साँझ जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप हुँदा मलंगवा अशान्त बनेको थियो । शनिबार बिहानदेखि मलंगवामा उच्छृंखल गतिविधि बढेर स्थिति नियन्त्रण भन्दा बाहिर जान थालेपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ‘क’ को १ र ३ बमोजिम जिल्ला प्रशासनले कर्फ्यू लगाएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १0:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।