July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २५, २०८१ २२:१५
दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज

युवराज रेग्मी
२५ जेष्ठ , गौरादह /
लागुऔषध प्रयोग एबम दुर्ब्यसन विरुद्ध निरन्तर अभियानमा रहेको सस्था गौरादह जेसीजले आज जेष्ठ २५ गते सुक्रबार गौरादहमा दुर्ब्यशन विरुद्ध रङ्गभर्ने कार्यक्रम ( चित्रकला प्रतियोगिता )सम्पन्न गरेको छ ।
गौरादह नगरपालिका वडा न.१ स्थित श्री जनता माध्यमिक बिद्यालयको हलमा गौरादह , कमल र गौरिगन्ज पालिका अन्तरगत रहेका २१ सामुदायिक एबम सस्थागत माबिका ४४ प्रतियोगीहरुले दुर्ब्यसन विरुद्ध रङ्गभर्दै सचेतनामुलक तस्बिर बनाउने प्रतियोगिता सम्पन्न भएको हो ।

पछिल्लो समय समाजमा ब्याप्त लागूऔषध दुर्ब्यशन प्रयोगकर्ताहरुको बड्दो अवस्थालाइ मध्यनजर गर्दै दुर्ब्यशन नियन्त्रणका निम्ति सचेतना जगाउने उध्येस्यले कार्यक्रम आयोजना गरिएको जेसीज अध्यक्ष खड्ग थापाले जनाए ।

कार्यक्रममा उत्कृष्ट ४ प्रतियोगिहरुलाइ नगद मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको कार्यक्रम संयोजक रिजेश खड्काले जानकारी दिए ।
प्रतियोगितामा गौरिगन्ज स्थित ज्ञानकुन्ज एकेडेमीका प्रत्युम अटल प्रथम बन्न सफल भए , उनले नगद रु २०००/- सहित प्रमाणपत्र र मेडल हातपारे । त्यसैगरी गौरादह स्थित स्कुलचौन मा बि कि निरुता श्रेष्ठले द्वितीय स्थान हासिल गरिन , उनले नगद रु १५००/- सहित प्रमाणपत्र र मेडल हातपारिन ।

त्यसैगरी गौरिगन्ज स्थित ज्ञानोदय आवासिय माबिकि स्मृति कार्की त्रितिय बन्न सफल भइन , उनले नगद रु १०००/- सहित प्रमाणपत्र र मेडल हातपारिन । त्यसैगरी गौरादह स्थित माउट एभरेस्ट माबिका अर्पन रोय सान्त्वना स्थान पाउन सफल भए उनले नगद रु ५००/- साथमा प्रमाणपत्र हातपार्न सफल भए ।

गौरादह नगरपालिकाका पुर्ब नगरप्रमुख रोहित कुमार साहको प्रमुख आथित्य एबम जेसीज अध्यक्ष खड्ग थापाको सभापतित्वमा आयोजित कार्यक्रमको निर्णायकमा कलाकार अभिशेख दास र मदन राजबंशी द्वय रहेको उक्त कार्यक्रम इन्जिनियर भानु आचार्यले सञ्चालन गरेका थिए ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २५, २०८१ २२:१५

प्रतिक्रिया