May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सात प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई काठमाडौंमा सुविधासम्पन्न आवास हस्तान्तरण हुँदै

  • साझा परिवेश
  • आइतवार, भदौ १०, २०८० १२:४६
सात प्रदेशका  मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई काठमाडौंमा सुविधासम्पन्न आवास हस्तान्तरण हुँदै
  • सात वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई काठमाडौंमा सुविधासम्पन्न आवास भवन तयार
  • भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि तयार गरेको सरकारी निवास आज आइतबार हस्तान्तरण गर्दै

काठमाडौं ।।

सरकारले सात वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई काठमाडौंमा सुविधासम्पन्न आवास भवन तयार गरेको छ । सहरी विकास मन्त्रालय अन्तरगतको विशेष भवन निर्माण आयोजनाले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि तयार गरेको सरकारी निवास आज आइतबार हस्तान्तरण गर्दैछ ।

दिउँसो आयोजनाले यी भवन हस्तान्तरण गरेपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुले काठमाडौं आउँदा यिनै भवनमा बस्न पाउनेछन् । आयोजना प्रमुख मचाकाजी महर्जनका अनुसार करिब ७० करोड रुपैयाँभन्दा बढीको लागतमा ७ वटा भवनसहित १४ वटा ब्लकहरु बनाइएको छ ।

यी भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुख आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्ने गरी भवन डिजाइन गरिएको छ । लबी, बैठक कक्षदेखि योग गर्न विशेष कक्षसम्म राखेर भवनहरु तयार गरिएका हुन् । शयन कक्षदेखि भान्साकोठासम्म पनि छन् ।

हाल प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा बस्ने गरी सरकारले अपार्टमेन्टमा भाडामा लिएको छ । भैंसेपाटीमा संघीय मन्त्रीसहित राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षका लागि समेत छुट्टा-छुट्टै भवन बनाइरहेको छ ।

 

 

  • साझा परिवेश
  • आइतवार, भदौ १०, २०८० १२:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।