May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

चीनमा बाढीले वितण्डा मच्चाएपछि….

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० ११:२१
चीनमा बाढीले वितण्डा मच्चाएपछि….
  • चीनले अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गर्दै 
  • बाढीका कारण कुनै मानवीय क्षति भने हुन पाएन
  • चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै बाँकी

काठमाडौं ।।

चीनले यस पटकको गर्मीयाममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गरेको छ । हालसम्म बाढी नै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ ।

जानकारीहरु भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो र चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै बाँकी छ।’ आफू बसेको क्षेत्रमा ३८ वर्षको यो उमेरसम्म पहिलोपटक बाढी देखेको झाङ झन्ह्वा बताउँछन् । ‘बाढीले हाम्रो धानबाली पूरै नष्ट गर्‍यो । चार दशकको यस अवधिसम्म मैले पहिलोपटक बाढी देखेको हुँ’, उनले भने ।

बाढीका कारण त्यहाँ कुनै मानवीय क्षति भने हुन पाएन । वुनचाङ क्षेत्रका बासिन्दालाई पहिले नै सतर्क गराइएको थियो । उनीहरु समथर भूभागबाट उचाइतर्फ स्थानान्तरण भएका थिए । बाली विनास हुँदा वुनचाङ मात्रै नभएर समग्र राष्ट्रले नै कठिन परिस्थिति व्यहोर्न सक्ने आकलन गरिएको छ ।

चीनको दक्षिण पूर्वी प्रान्त हिलोज्याङमा बाढीले धेरै क्षति पुर्‍याएकोले खाद्य आपूर्ति श्रृंखलामै असर पुग्ने बताइएको छ । वुनचाङमा मात्रै ४० प्रतिशत धानबालीमा बाढीले क्षति पुर्‍याएको छ । यसबखत हरियाली हुनुपर्ने फाँट उजाड छन् ।

स्थानीय कृषक झाओ लुझाङ भन्छिन्, ‘हामीले रोपेको धान सबै बाढीले डुबायो । अब यो वर्ष यहाँ धान रोपाईं सम्भव छैन । यसको असरको मूल्यबारे कुरै नगरौं । बाढी आउँदा निकै रोएँ’, उनले भनिन् ।

बाढीमा ८१ जनाले ज्यान गुमाएका छन् । बाँचेकाहरुलाई राज्यले सहायता गरिरहेको छ । यो वितण्डाको आर्थिक असर भने अत्यधिक नै छ । कोरोनाकालपछि अर्थतन्त्र सुधारमा अग्रसर चीनलाई यसले धक्का पुर्‍याउने जानकारहरुको मत छ । दशक यताको तथ्यांक हेर्दा चीनले गर्मीयाममा मासिक ६ देखि आठ पटक बाढी बेहोर्थ्यो । तर गत वर्षको तथ्यांक हेर्ने यो भने यो संख्या १३० पुगेको छ । जुलाइ र अगस्टमा मात्रै ८२ पटक बाढी आएको छ ।

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट