May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै

१९ वर्षमुनिको विश्व कपका लागि नेपाली टोली घोषणा

  • साझा परिवेश
  • शुक्रबार, पुस २०, २०८० १0:२६
१९ वर्षमुनिको विश्व कपका लागि नेपाली टोली घोषणा

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले दक्षिण अफ्रिकामा हुने आईसीसी १९ वर्षमुनिको विश्व कपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

क्यानले एसीसी एसिया कप खेलेको १४ सदस्यीय टोलीमा एक परिवर्तन र एक खेलाडी थप गर्दै टोलीको घोषणा गरेको हो । एसिया कप खेलेका तीव्र गतिका बलर हेमन्त धामी चोटका कारण टोलीमा परेका छैनन्।उनको ठाउँमा बलर दुर्गेश गुप्ता अटाएका छन् ।

त्यस्तै, अलराउन्डर दीपक बोहोरालाई टोलीमा थपिएको छ । जनवरी १९ अर्थात् आउँदो माघ ५ गतेदेखि शुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलो खेल जनवरी २१ तारिखमा न्यूजिल्यान्डसँग, दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र समूहको अन्तिम खेल जनवरी २६ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

नेपाली टोली

कप्तान–देव खनाल, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम रङ्गु थापा मगर, दीपक बोहोरा, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।

  • साझा परिवेश
  • शुक्रबार, पुस २०, २०८० १0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।