sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टीकापुरको जग्गा बाँडेर मेरो भागमा परेको हैन, ५० हजारमा किनेको हो : आरजु

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० १४:४८
टीकापुरको जग्गा बाँडेर मेरो भागमा परेको हैन, ५० हजारमा किनेको हो : आरजु
  • ५० हजार दिएर ३ कठ्ठा ७ धुर जग्गा किनेको
  • अनियमित रुपमा बाँडिएको जग्गा अनुसन्धान हुँदै 
  • मुछिएका छन् रेशम चौधरी पनि 

काठमाडौं ।।

सत्तारुढ नेपाली कांग्रेसकी सांसद आरजु राणाले आफूले टीकापुरमा जग्गा खरिद गरेको भन्दै त्यसमा विवाद नभएको जिकिर गरेकी छन् । प्रतिकठ्ठा १५ हजार रुपैयाँका दरले ५० हजार दिएर ३ कठ्ठा ७ धुर जग्गा किनेको उनको तर्क छ ।

टिकापुर जग्गा अनियमितता प्रकरणमा गरेको अनुसन्धानका क्रममा टिकापुर विकास समितिका नाममा बाँडिएको जग्गामध्ये आरजुको नाममा ३ कठ्ठा ७ धुर जग्गा फेला परेको थियो ।

यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ । यसपछि आरजुले आफूले सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहलाई सम्पर्क गरेर त्यसबारे सोधेको उनले बताएकी छन् । ‘टिकापुरमा राजा महेन्द्रले पहाडेहरुलाई वसोबास गर्ने भनेर त्यसबेलाका मन्त्री खड्गबहादुर सिंहलाई अह्राइबक्सेको रहेछ, त्यसबेला पुनर्वास भन्ने हुन्थ्यो नि।’

, सामाजिक सञ्जाल टिकटकमा ‘डा. आरजु राणा देउवा’ नामक एकाउन्टमार्फत सार्वजनिक भिडियोमा उनले भनेकी छन्, ‘पछि व्यवस्था परिवर्तन भएपछि कांग्रेसको सरकार हुँदा अछामका देवेन्द्रबहादुर शाह समितिको अध्यक्ष हुनुहुन्थ्यो, त्यसबेला भक्तबहादुर बलायर मन्त्री हुनुहुन्थ्यो । एक दिन उहाँले मलाई फोन गरेर टिकापुरमा जग्गा किन्ने भन्नुभएको थियो ।’

त्यसबेला आफूले टिकापुरको नाम समेत नसुनेको भन्दै उनले भनेकी छन्, ‘बर्दिया, कैलाली थाहा थियो, टिकापुर थाहा थिएन । कहाँ हो र यो भनेको यो अलि अनकन्टार पनि छ, राम्रै हुन्छ । सस्तो पनि छ, किनिबक्सियोस् भनेका थिए ।’ त्यसपछि आफूले ‘हुन्छ त नि’ भनेर पैसा सोध्दा ५० हजार रुपैयाँ भनेको उनले बताए । त्यो बेला एक कठ्ठाको १५ हजारको दरले ३ कठ्ठा ७ धुर जग्गा आएको उनले बताएकी छन् ।

‘फकिरसिंह कठायत आफ्नै पार्टीको अध्यक्ष बन्नुभयो, समितिले आफ्नै रुल बनाएर दिन पाउने रहेछ, बीचमा अर्कै पार्टीको मान्छे आयो, उहाँको नाम म लिदिन’, उनले भनेकी छन्, ‘उहाँले ‘खड्गबहादुर सिंहको पालामा एक कठ्ठाको एक हजारको दरको’ नक्कली बनाएर पूर्जा आह्वान गर्नुभएछ । त्यो बेला ककसले किन्नुभएको थियो, त्यो मान्छेहरु फेरि लिन आउनुस् भनेर आह्वान गरेको रहेछ ।’

त्यो विषयमा मात्र उजुरी परेको भन्दै उनले भनेकी छन्, ‘त्योभन्दा पहिले पनि उजुरी परेको थियो, के के गरेर मिलाए, बन्द भएको रहेछ । अहिले उजुरी चाहिँ नेपाली कांग्रेसकै साथीहरुले खोलाएको हो ।’ अहिले रेशम चौधरीको पनि नाम आएको भन्दै उनको हकमा कहिले किनेको हो भन्ने थाहा नभएको उनी बताएकी छन् ।

 

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० १४:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid