April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

टीकापुरको जग्गा बाँडेर मेरो भागमा परेको हैन, ५० हजारमा किनेको हो : आरजु

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० १४:४८
टीकापुरको जग्गा बाँडेर मेरो भागमा परेको हैन, ५० हजारमा किनेको हो : आरजु
  • ५० हजार दिएर ३ कठ्ठा ७ धुर जग्गा किनेको
  • अनियमित रुपमा बाँडिएको जग्गा अनुसन्धान हुँदै 
  • मुछिएका छन् रेशम चौधरी पनि 

काठमाडौं ।।

सत्तारुढ नेपाली कांग्रेसकी सांसद आरजु राणाले आफूले टीकापुरमा जग्गा खरिद गरेको भन्दै त्यसमा विवाद नभएको जिकिर गरेकी छन् । प्रतिकठ्ठा १५ हजार रुपैयाँका दरले ५० हजार दिएर ३ कठ्ठा ७ धुर जग्गा किनेको उनको तर्क छ ।

टिकापुर जग्गा अनियमितता प्रकरणमा गरेको अनुसन्धानका क्रममा टिकापुर विकास समितिका नाममा बाँडिएको जग्गामध्ये आरजुको नाममा ३ कठ्ठा ७ धुर जग्गा फेला परेको थियो ।

यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ । यसपछि आरजुले आफूले सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहलाई सम्पर्क गरेर त्यसबारे सोधेको उनले बताएकी छन् । ‘टिकापुरमा राजा महेन्द्रले पहाडेहरुलाई वसोबास गर्ने भनेर त्यसबेलाका मन्त्री खड्गबहादुर सिंहलाई अह्राइबक्सेको रहेछ, त्यसबेला पुनर्वास भन्ने हुन्थ्यो नि।’

, सामाजिक सञ्जाल टिकटकमा ‘डा. आरजु राणा देउवा’ नामक एकाउन्टमार्फत सार्वजनिक भिडियोमा उनले भनेकी छन्, ‘पछि व्यवस्था परिवर्तन भएपछि कांग्रेसको सरकार हुँदा अछामका देवेन्द्रबहादुर शाह समितिको अध्यक्ष हुनुहुन्थ्यो, त्यसबेला भक्तबहादुर बलायर मन्त्री हुनुहुन्थ्यो । एक दिन उहाँले मलाई फोन गरेर टिकापुरमा जग्गा किन्ने भन्नुभएको थियो ।’

त्यसबेला आफूले टिकापुरको नाम समेत नसुनेको भन्दै उनले भनेकी छन्, ‘बर्दिया, कैलाली थाहा थियो, टिकापुर थाहा थिएन । कहाँ हो र यो भनेको यो अलि अनकन्टार पनि छ, राम्रै हुन्छ । सस्तो पनि छ, किनिबक्सियोस् भनेका थिए ।’ त्यसपछि आफूले ‘हुन्छ त नि’ भनेर पैसा सोध्दा ५० हजार रुपैयाँ भनेको उनले बताए । त्यो बेला एक कठ्ठाको १५ हजारको दरले ३ कठ्ठा ७ धुर जग्गा आएको उनले बताएकी छन् ।

‘फकिरसिंह कठायत आफ्नै पार्टीको अध्यक्ष बन्नुभयो, समितिले आफ्नै रुल बनाएर दिन पाउने रहेछ, बीचमा अर्कै पार्टीको मान्छे आयो, उहाँको नाम म लिदिन’, उनले भनेकी छन्, ‘उहाँले ‘खड्गबहादुर सिंहको पालामा एक कठ्ठाको एक हजारको दरको’ नक्कली बनाएर पूर्जा आह्वान गर्नुभएछ । त्यो बेला ककसले किन्नुभएको थियो, त्यो मान्छेहरु फेरि लिन आउनुस् भनेर आह्वान गरेको रहेछ ।’

त्यो विषयमा मात्र उजुरी परेको भन्दै उनले भनेकी छन्, ‘त्योभन्दा पहिले पनि उजुरी परेको थियो, के के गरेर मिलाए, बन्द भएको रहेछ । अहिले उजुरी चाहिँ नेपाली कांग्रेसकै साथीहरुले खोलाएको हो ।’ अहिले रेशम चौधरीको पनि नाम आएको भन्दै उनको हकमा कहिले किनेको हो भन्ने थाहा नभएको उनी बताएकी छन् ।

 

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० १४:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट