May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारविरुद्ध जसले षड्यन्त्र गर्छ, त्यो जनताको नजरमा गिर्दै जान्छ : प्रचण्ड

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० ११:३२
सरकारविरुद्ध जसले षड्यन्त्र गर्छ, त्यो जनताको नजरमा गिर्दै जान्छ :  प्रचण्ड
  • गठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी
  • गठबन्धन तोड्न जति बल गर्छन्, त्यति नै जनताको नजरमा गिर्दै जाने
  • ‘यो यत्तिमा सिमित हुने वाला छैन, अगाडि बढ्दै जान्छ
  • कसरी यो सरकारलाई बद्नाम गर्न सकिन्छ भनेर षड्यन्त्र गरिरहेका छन् 

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी गरेका छन् । तर सरकारविरुद्ध जति षड्यन्त्र गर्छन्, त्यति उनीहरु जनताको नजरमा गिर्दै जाने उनको दाबी छ । माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिले मंगलबार राखेको प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘यो गठबन्धन तोड्ने धेरै कसरत छन्, तर कसैको केही लाग्ने मैले देखेको छैन ।’

ठूलो दुर्घटना भएन भने यो गठबन्धन ५ वर्ष जाने उनको दाबी छ । उनले अघि भने, ‘गठबन्धन तोड्न जति बल गर्छन्, त्यति नै जनताको नजरमा गिर्दै जाने छन् ।’ प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन तस्करी सञ्जाल तोड्न गरिएको प्रयास समाजवाद र समृद्धिको आधार तयार पार्ने अभियान भएको बताए । उनले भने, ‘यो यत्तिमा सिमित हुने वाला छैन, अगाडि बढ्दै जान्छ ।’

मुर्झाएको जस्तो माओवादीको अवस्था बदल्न हिंसा बिनाको नयाँ जनयुद्ध सुरु गरेको र सरकारको कामकारबाहीले जनतामा भरोसा सञ्चार हुँदै गएको उनको दाबी छ । ‘यो देखेर प्रतिक्रियावादी, अवसरवादीहरु र अतिवादीहरु अलिबढी विक्षिप्त भएका छन् । उनीहरुको अभिव्यक्ति सुन्नुभयो, उनीहरुको गतिविधि हेर्नुभयो भने विक्षिप्त भएको राम्रैसँग देख्न र सुन्न सक्नुहुन्छ’ प्रचण्डले भने, ‘कसरी यो सरकारलाई बद्नाम गर्न सकिन्छ भनेर षड्यन्त्र गरिरहेका छन् ।’

सरकारविरुद्ध जति षड्यन्त्र गर्यो त्यति उनीहरु नै जनताको नजरमा गिर्दै जाने उनको दाबी छ । आफ्नो नेतृत्वको सरकारले अर्थतन्त्रमा सुधारको धेरै प्रयास गरेको भएपनि अर्थतन्त्र चलायमान भइनसकेको र सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क भइनसकेको उनले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट