May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

असोज २ बाट कांग्रेसको बैठक ४ गते सर्यो

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १४:४८
असोज २ बाट कांग्रेसको बैठक ४ गते सर्यो
  • केन्द्रीय समितिको बैठक निर्धारित मितिबाट दुई दिन पर सर्ने
  • असोज ३ मा संविधान दिवस परेकाले बैठक दुई दिन पछि सार्ने तयारी

काठमाडौं ।।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक निर्धारित मितिबाट दुई दिन पर सर्ने भएको छ । असोज २ गतेका लागि बोलाइएको बैठक असोज ४ गते सार्ने तयारी भएको कांग्रेसका एक नेताले बताए ।

उनका अनुसार असोज २ मा ऋषि पञ्चमी र असोज ३ मा संविधान दिवस परेकाले बैठक दुई दिन पछि सार्ने तयारी भएको हो । ‘पर्व र संविधान दिवसले गर्दा असोज ४ गते बैठक बस्छ’, ती नेताले भने । साउन १० मा केन्द्रीय समिति बैठक सकिँदा सभापति शेरबहादुर देउवाले असोज २ मा केन्द्रीय समितिको बैठक बस्ने मिति सुनाएका थिए ।

विधान अनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्दछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा प्रस्तुत गरेको वार्षिक तालिकामा प्रत्येक २ र २ महिनामा बैठक बस्ने गरी दिन समेत तय गरेर तालिका प्रस्तुत गरेका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १४:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट