May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

गाइजात्राको दिन ताप्लेजुङमा लाखेजात्रा मनाइँदै

  • साझा परिवेश
  • बिहिबार, भदौ १४, २०८० १४:१२
गाइजात्राको दिन ताप्लेजुङमा लाखेजात्रा मनाइँदै
  • यस वर्ष भव्य र सभ्य रुपमा मनाइँदै
  • ताप्लेजुङमा भने फरक तरिकाले मनाइदै लाखे जात्रा
  • स्थानिय भाषामा लाखे मार्ने कार्यक्रम गरी समापन गर्ने
  • लाखेजात्रा सञ्चालन समितिले अन्तर्राष्ट्रिय गोल्डकप फुटवल पनि खेलाउदै

ताप्लेजुङ। गणेश कुमार श्रेष्ठ ।। 

ताप्लेजुङको प्रमुख पर्वको रुपमा सदिऔं देखि मनाइदै आएको लाखे जात्रा पर्व यस वर्ष भव्य र सभ्य रुपमा मनाईदैछ । विशेष गरेर नेवार समुदायको प्रमुख जात्राको रुपमा मनाइने लाखे जात्रा ताप्लेजुङमा भने फरक तरिकाले मनाइदै आएको छ ।

श्रावण कृष्ण चतुर्दशी जसलाई घण्टाकर्ण चतुर्दशी पनि भन्ने गरिन्छ । सोहि दिनदेखि घण्टाकर्ण राक्षसलाई मृत्युवरण गरेको सम्झनामा उक्त रक्षसको प्रतिकको रुपमा कृष्ण जन्माष्टमीसम्म लाखे नाच प्रदर्शन गरी मनाउने गरिन्छ भने भोलीपल्ट नवमीको दिन श्री कृष्ण लिला प्रदर्शन जसलाई स्थानिय भाषामा लाखे मार्ने कार्यक्रम गरी समापन गर्ने गरिन्छ ।

ताप्लेजुङमा रक्षावन्धन जनै पूर्णिमाका दिन देखि गाईजात्रा र रोपाई जात्रा ३ दिन सम्म मेला लगाइ लाखेजात्रा पर्व मनाइदै आएको र उक्त जात्रा कुनै जात विशेषको नभएर ताप्लेजुङको जात्राको रुपमा मनाइने गरिएको र उक्त जात्रा हेर्न छिमेकी जिल्लाहरु बाट पनि मानिसहरु आउने गरेको आदिवासी जनजाती महासंघका सचिव कुमार खवास बताउनु हुन्छ ।

अझ रोचक कुरा के छ भने लिम्वुवान क्षेत्र भएकोले पहिला पहिला त लिम्वु जातीहरु लाखेजात्रा मेलामा तरुनी तन्नेरी भेट गरेर लिम्वु संस्कृति धान नाचेर विहावारी समेत हुने गरेको अग्रजहरु बताउने गर्छन् ।

यस पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले अन्तर्राष्ट्रिय गोल्डकप फुटवल खेलाउदै आएको छ । उक्त खेलको आज जनै पूणिमाको अवसरबाट शुभारम्भ भई यहि भाद्र २० गते फाइनल खेल हुने समेत लाखेजात्रा सञ्चालन समितिका संयोजक देवराज गुरुङले जानकारी दिनुभयो ।

उक्त अवसरमा फुङलिङ नगरपालिका वार्ड नं. ५ को पहलमा विरेन्द्र युवा क्लबको सहजीकरणमा विरेन्द्र चौकमा खाद्य परिकार स्टल सहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, हाउजी खेल, लाखेनाच, धान नाच, गायन तथा नृत्य कार्यक्रम जात्रा भरी हरेक साँझ सञ्चालन हुने संस्थाका अध्यक्ष लक्ष्मी काफ्लेले जानकारी दिनुभयो ।

  • साझा परिवेश
  • बिहिबार, भदौ १४, २०८० १४:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।