April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

संसद अवरुद्ध हुँदा जनतामा नकारात्मक सन्देश गएकोमा गम्भीर हुन सभामुखको आग्रह

  • साझा परिवेश
  • आइतवार, भदौ ३, २०८० १३:२१
संसद अवरुद्ध हुँदा जनतामा नकारात्मक सन्देश गएकोमा गम्भीर हुन सभामुखको आग्रह
  • संसद अवरुद्ध हुँदा सांसदहरुबारे जनतामा नकारात्मक सन्देश
  • सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेको अडान
  • नकारात्मक सन्देश जनतामा गएकोले गम्भीर हुन आग्रह 

काठमाडौं ।।

सभामुख देवराज घिमिरेले लगातार संसद अवरुद्ध हुँदा सांसदहरुबारे जनतामा नकारात्मक सन्देश गएको बताएका छन् । उनले आइतबार राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका थिए । बैठकमा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याएको छ भने सत्तारुढ दलहरु त्यसमा सहमत भएका छैनन् ।

बैठकमा सभामुख घिमिरेले भने १० साउनयता मात्र आफूले सहमतिको प्रयासमा तीन पटक शीर्ष नेताहरुको बैठक राखेको, ९ पटक सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेको बताए । तर प्रमुख प्रतिपक्ष आफ्नो अडानबाट तलमाथि नहुने, सत्ता पक्ष त्यसमा सहमत नहुने अवस्था कायमै रहँदा सदन बन्धक भएको बताए ।

यसले सांसदहरु पनि भत्ता मात्र खान्छन् भन्ने नकारात्मक सन्देश जनतामा गएको भन्दै उनले दलहरु गम्भीर हुनुपर्ने बताए । ‘म सभामुख छु, तपाईहरु प्रमुख सचेतकरसचेतक हुनुहुन्छ’ उनले अगाडि भने, ‘अहिले व्यवस्था बलियो बनाउने भूमिमा हामी छौं । हामी नै जिम्मेवार बनेनौं भने न संसदीय प्रणाली बलियो हुन्छ, न सांसदहरुबारे जनताको दृष्टिकोण राम्रो रहन्छ ।’

 

  • साझा परिवेश
  • आइतवार, भदौ ३, २०८० १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।