काठमाडौं ।।
काठमाडौं महानगरपालिकाले आज र भोलि चाडपर्व लक्षित गरेर विभिन्न रुटमा सवारी निषेध गरेको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको गुपुन्ही (क्वाति पुन्ही) र सापारु (गाईजात्रा) को लागि दुई दिन महानगरका विभिन्न रुटमा सवारी निषेध गरेको महागरले जनाएको छ ।
काठमाडौंको जात्रा हुने मार्गहरुमा भीडभाड हुने र सवारी आवतजावत गर्न नसक्ने भएकोले वर्षेनी विभिन्न मार्गहरु निषेध गर्दै आएको छ ।
–असन–केल टोल– इन्द्रचोक– मखन– हनुमाढोका दरबार परिसरे– मरु टोल चिकँमुगल
–जैशिदेवल –ज्याबहाल –लगन चोक– गोफल– ब्रम्हटोल ह्युमत –जैशिदेवल
–कोहिटि– भिमसेनस्थान– मरु टोल–प्याफल – ढोकाटोल– मुकुमबही– यदखा –नरदेवी
– टेंगल–न्ह्योंखा–बाङ्गेमुढा– न्हैकन्तला– असन– कमलाछि भोताहिटि हुँदै असन