May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

सुन तस्करीसंग IGP धीरज सिंहको सम्बन्ध रहेको खुलाशा

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० १३:२१
सुन तस्करीसंग IGP धीरज सिंहको सम्बन्ध रहेको खुलाशा
  • धीरज प्रताप सिंह सुन तस्करीको अनुसन्धानमा तानिए
  • फरार अपराधीसँग धीरजको संवाद
  • धीरज प्रताप सिंह र दावाको कुराकानी
  • के भन्छन् धीरज प्रताप सिंह ?

नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक धीरज प्रताप सिंह सुन तस्करीको अनुसन्धानमा तानिएका छन् । सुन तस्करी आरोपमा साउन १४ मा पक्राउ परेका दावा छिरिङसँग निकट सम्बन्धमा देखिएपछि सिंह अनुसन्धानको घेरामा परेका हुन् ।

प्रहरीको केन्द्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको दावा छिरिङको मोबाइलको फरेन्सिक परीक्षण रिपोर्टमा दावा र सिंहबीचको कुराकानी फेला परेका हुन् । २०७९ वैशाख १८ मा नेपाल प्रहरीको २९ औँ महानिरीक्षक बनेका सिंह र दावाबीच एक डेढ वर्ष अघिदेखि सम्बाद हुने गरेको सिधाकुरालाई प्राप्त विवरणमा उल्लेख छ ।

नेपालमा कल बाइपास, अनलाइनमार्फत भारतीय नागरिकलाई ठगी जस्ता अपराधमा संलग्न दावासँग दावा प्रहरीको फरार सूचीमा रहेकै बेला सिंहसँग प्रत्यक्ष संवादमा थिए । सिंह प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको प्रमुख हुँदादेखि सुरु भएको संवाद आईजीपी हुँदासम्म निरन्तर रहेको पाइएको सीआईबी स्रोतले जनाएको छ ।

फरार अपराधीसँग धीरजको संवाद

२०७९ साउन ११ मा सिधाकुरा टिमले ठमेलको भियाना होटलमा दावा छिरिङको समूहले चलाएको कल सेन्टरमा ‘स्टीङ अपरेसन’ गरेका थियो । हाम्रो स्टीङ अपरेशनपछि होटल भियनाबाट ४ जना चिनियाँ पक्राउ परेका थिए । त्यतिबेला प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ परेकालाई मुद्दा चलायो भने होटलका सञ्चालक दावा छिरिङलाई भने फरार सूचीमा राख्यो ।

अपराध महाशाखाले फरार सूचीमा राखेको दावा भने प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोका तत्कालिन प्रमुख धीरज प्रताप सिंहसँग प्रत्यक्ष संवादमा थिए । तत्कालिन डीआइजी धीरज प्रताप सिहं तत्कालिन २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरबाट २०७८ असार ७ गतेबाट नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीको नेतृत्व गर्न आए ।

सीआईबी उच्च स्रोत भन्छ, ‘त्यसपछि दावासँग निरन्तर संवाद देखिन्छ । प्रहरीको प्रणालीमै फरार अपराधीको सूचीमा रहेको मानिससँग निरन्तर त्यो पनि निकै घनिष्ट संवाद आफैँमा शंकास्पद छ ।’

ह्वाट्सएप संवादमा उनीहरु दाजु भाई बनेर खुशी साटासाट गरिरहेका र कयौं पटक भेट गरिरहेको देखिने गरेको अधिकारीहरु बताउँछन् । सीआईबी स्रोतका अनुसार सिंहले दावालाई पटक पटक आफैँ फोन गरेको समेत देखिएको छ ।

यस्तो छ धीरज प्रताप सिंह र दावाको कुराकानी :

२०७८ माघ २८ अर्थात, २०२२ फेब्रुअरी ११ मा दावाले ‘दाई नमस्ते, कङ्ग्राचुलेसन दाई, म दावा’ भन्दै म्यासेज पठाउँछन् । स्रोतका अनुसार उनीहरुको संवाद ह्वासएप, वी-च्याट भन्दा पहिले अन्य माध्यबाट समेत हुने गरेको दावाले अनुसन्धानका क्रममा खुलाएका छन् ।

दावाको म्यासेजको जवाफ धीरज प्रताप सिंहले तुरुन्तै फर्काउँछन् । भन्छन् ‘धन्यवाद भाई , के छ हालखबर ? ’ त्यस लगत्तै दावाले जवाफ फर्काउँछन्, ‘सबै ठिक छ दाई ।’

दावाले फेरी लेख्छन्, ‘ह्वेन यू आर फ्री प्लीज डु कल मी । देन वी क्यान मिट ।’ अर्थात, ‘कतिबेला फुर्संद हुन्छ, मलाई कल गर्नुहोला । त्यसपछि हामी भेट्न सक्छौँ’ भन्दै दावाले म्यासेज पठाउँछन् । धीरज प्रतापले तत्कालै स्वीकार गर्दै लेख्छन् :  ‘ओके’ (हुन्छ)

फेरि २०७८ चैत १७ गते अर्थात २०२२ मार्च ३१ का दिन धीरज प्रताप सिंहको डीआइजीबाट एआईजीमा बढुवा हुन्छ । त्यसको साँझ एआईजी धीरजको दावासँग फेरि संवाद हुन्छ ।

दावा लेख्छन् ‘दाई कंग्राचुलेन्स’ अर्थात ‘बधाई छ दाई ।’ र यस अघि भेट्ने योजना बनाएर भेट्न नपाएको कारण खुलाउँदै दावा लेख्छन् ‘दाई हजुर बीजी हुनुभाकोले नभेटेको ।’

यसका जवाफमा धीरजले ‘धन्यवाद १ दावा भाई ।’ भन्दै जवाफ पठाउँछन् । लगत्तै दावाले अर्को म्यासेज लेख्छन्, ‘अब हजुरको कुन दिन समय हुन्छ, त्यसपछि भेट्नु पर्यो । (इम्पोर्टेन्ट) काम छ ।’

त्यसको भोलिपल्ट २०२२ अप्रिल १ अर्थात २०७८ चैत १८ गते दावालाई एआइजी धीरज प्रताप सिहंले कल गर्छन् तर दावाले उठाउँदैनन् । केही बेरपछि दावाले धीरजलाई म्यासेज पठाउँछन्, ‘दाई सरी मोबाइल चार्जमा थियो । म घरमा छु ।’

यो संवादले दावा र धीरजको सम्बन्ध एक दुई दिनको होइन भन्ने स्पष्ट पार्छ । उनीहरुको संवादको श्रृङ्खला यतिमा मात्रै सिमित छैन । २०७८ चैत ३० अर्थात २०२२ अप्रिल १३ मा दावाले फेरि ‘हेप्पी न्यु इएर दाई’ भन्दै म्यासेज पठाउँछन् ।

जवाफमा धीरजले ‘थ्याङ्स, सेम टु यू भाई’ भन्ने जवाफ फर्काएका छन् । त्यसको केही समय पछि २०७९ बैशाख १२ अर्थात २०२२ अप्रिल १५ मा दावाले धीरजलाई म्यासेज पठाउँछन् । उनि लेख्छन्, ‘दाई नमस्ते, आई वान्ट टु विस यू अ भेरी ह्यापी न्यू इएर । क्यान वी मीट प्लीज १ इन्फर्म मी ह्वेन यू आर फ्री । एज सुन एज पोसिबल । धन्यवाद ।’

अर्थात

‘दाई नमस्ते, म तपाईंलाई नयाँ वर्षको धेरै धेरै शुभकामना दिन चाहन्छु । हामी भेट्न सक्छौँ रु कृपया तपाई फुर्सदमा भएको समयमा मलाई खबर गर्नुहोला । जतिसक्दो चाँडो । धन्यवाद ।’

१८ वैशाख २०७९ मा धीरज प्रताप सिंह नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक नियुक्त भए । कांग्रेस र माओवादी गठबन्धनको सरकारमा सिंहलाई आइजीपी नियुक्त गर्न तत्कालिन प्रधानमन्त्री पत्नी आरजु देउवाले महत्वपूर्ण भूमिका खेलेको जानकारहरु बताउँछन् । प्रहरी प्रमुख भएपछि पनि फरार सूचीमा रहेका दावासँग सिंहको बाक्लो कुराकानी हुने गरेको सीआईबी स्रोत बताउँछ ।

धीरज र दावाको संवाद यति मात्रै होइन उनिहरुको सम्पर्क पहिले देखिनै भएको देखिएको अनुसन्धान अधिकारी बताउँछन् । दावाको मोबाईल फरेन्सिक रिपोर्टबाट प्राप्त दावा र धीरजको संवादको विस्तृत विवरण केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीको अनुसन्धान फाइल भित्रै छ ।

धीरज र दावाको संवादको ‘ओरिजिनल कपी’ सिधाकुरासँग सुरक्षित छ । सुन प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोकाअनुसार दावासंगको सम्पर्कमा रहेकाहरु सबै अनुसन्धानको घेरामा तानिएका छन् ।

‘आफ्नै पूर्व महानिरीक्षक र दावाको सम्बन्ध सामान्य नरहेको पाइएपछि गहन विश्लेषण गरिरहेका छौं, ’ सीआइबी स्रोतले सिधाकुरासँग भन्यो, ‘धीरज प्रताप सिंह र दावाको सम्बन्ध थप केलाईरहेका छौं ।’

नेपाल प्रहरीको केन्द्रिय प्रवक्ता डीआइजी कुवेर कडायतले सुनसँग जोडिएका सबै मानिस अनुसन्धानको दायरामा रहेको बताए । ‘हामी अनुसन्धान गरिरहेका छौँ, यससँग जोडिने सबैको अनुसन्धान हुन्छ, क-कसको अनुसन्धान गरिरहेका छौं भनेर खुलाउन मिल्दैन ।’ सुन प्रकरणमा प्रहरीले तस्करी समूहको जरैसम्म पुगेर अनुसन्धान गरिहरको पनि कडायतको भनाई छ ।

के भन्छन् धीरज प्रताप सिंह ?

दावासँगको संवादबारे जानकारी माग्न हामीले निवर्तमान प्रहरी प्रमुख सिंहलाई फोन गरेका थियौँ । सिधाकुरासँगको संक्षिप्त कुराकानीमा उनले सीआईबीले अनुसन्धान गरिरहेको विषयमा नबोल्ने बताए ।

दावासँगको सम्बन्ध के हो ? भन्ने प्रश्नमा उनले भने ‘सीआईबीले अनुसन्धान गरिरहेको विषयमा के बोल्नु ? उतै सोध्नुस्’, भन्दै उनले चटक्क फोन काटे । हामीले पुनः उनलाई पटक-पटक सम्पर्क गर्ने प्रयास गर्यौँ तर उनी हाम्रो सम्पर्कमा आएनन् । सिधाकुराबाट साभार

 

 

 

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।