May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

क्रिकेटर पारस खड्काको चुनावतिर ध्यान

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० १0:३६
क्रिकेटर पारस खड्काको चुनावतिर ध्यान

 काठमाडौं ।।

अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएको दुई वर्ष पूरा भएसँगै पूर्वकप्तान पारस खड्का क्रिकेटको व्यवस्थापनतिर जाने तयारीमा जुटेका छन् । खड्काले १९ साउन २०७८ मा दुई दशकसम्म लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । उनले सन्यास लिएको दुई वर्ष बिहीबार पुरा भयो ।

यससँगै पूर्व कप्तान खड्कालाई क्रिकेट संघको पदाधिकारीमा चुनाव लड्ने बाटो खुलेको छ । किनकि क्रिकेट संघको विधानमा कार्यसमितिको पदाधिकारी वा सदस्य निर्वाचित हुन राष्ट्रिय टोलीमा सहभागी नभएको दुई वर्ष हुनुपर्ने व्यवस्था छ । र, क्रिकेटको व्यवस्थापनतिर जाने उनको पूर्वघोषणा हो ।

बागमती प्रदेश अध्यक्ष लड्ने तयारी

क्रिकेट संघको कार्यसमितिले असारमा तय गरेको निर्वाचन कार्यतालिका अनुसार अहिले जिल्ला संघको चुनाव हुन थालेको छ । पारस पनि यसमै व्यस्त छन् । उनले २८ असारमै क्रिकेट संघको विधान अनुरुप योग्यता पुग्ने खेलाडी, प्रशिक्षक, अम्पायर, स्कोरर र क्लबका प्रतिनिधिहरुलाई सदस्यता सुनिश्चित गर्न आह्वान गरेका थिए । अहिले जिल्लाको चुनावमा आफ्नो पक्षका प्रतिनिधिहरु ल्याउन भेटवार्ता र लबिइङ गरिरहेका छन् ।

क्रिकेट संघको चुनावी तालिकाअनुसार साउन मसान्तभित्र जिल्ला निर्वाचन भइसक्नुपर्छ । १० भदौभित्र प्रदेशको चुनाव हुनेछ । खड्काले बागमती अध्यक्षको चुनाव लड्ने तयारी गरेका छन् । बागमतीका काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, चितवन र मकवानपुर जिल्लामा क्रिकेट संघ छ ।

जिल्लाको चुनावका क्रममा प्रदेश अधिवेशनका लागि चार–चार जना प्रतिनिधि छनोट हुने छन् भने वर्तमान कार्यसमितिमा रहेका १३ जनाले मतदान गर्न पाउनेछन् । हाल राजु बस्न्यात अध्यक्ष छन् । कार्यसमितिमा पनि बहुमत छ भएकाले बागमती आफूहरु बलियो अवस्थामा रहेको खड्का पक्षको दाबी छ ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट