April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

ललितपुरमा कोशी प्रदेश नाम खारेजीको माग गर्दै बाजागाजाकासाथ प्रदर्शन

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० १५:00
ललितपुरमा कोशी प्रदेश नाम खारेजीको माग गर्दै बाजागाजाकासाथ प्रदर्शन
  • कोशी प्रदेश नाम खारेजीको माग गर्दै ललितपुरमा प्रदर्शन
  • पुन: नामकरण गर लगायतका नारा ब्‍यानरमा राखेर प्रदर्शनमा उत्रिए

काठमाडौं ।।

कोशी प्रदेश नाम खारेजीको माग गर्दै ललितपुरमा प्रदर्शन गरिएको छ । आइतबार किरात याक्थुङ चुम्लुङको ३५औं स्थापना दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमितिले कोशी प्रदेशको नाम खारेजीको मागसहित जावलाखेलमा प्रदर्शन गरेको हो ।

उनीहरू प्रदेशको नाम ‘कोशी’ खारेज गर, ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान, किरात’ कायम गर, नो कोशी, प्रदेशको नाम कोशी मान्‍दैनौ, प्रदेश १ लाई ऐतिहासिक पृष्ठभूमिको आधारमा पुन: नामकरण गर लगायतका नारा ब्‍यानरमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।

प्रदेश सभाले फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो। नेकपा (एमाले)‚ नेपाली कांग्रेस‚ राप्रपाले कोशी नाममा मतदान गरेको थियो। नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले भने किरात-लिम्बुवान-सगरमाथा नाम प्रस्ताव गरेको थियो।

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० १५:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।