May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

शल्यक्रिया गरेको घाउ ठिक नभएपछि, अर्को सर्जरी सेन्टरमा गएर पुन : शल्यक्रिया गर्दा कपडा भेटियो….

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० १६:१९
शल्यक्रिया गरेको घाउ ठिक नभएपछि, अर्को सर्जरी सेन्टरमा गएर पुन : शल्यक्रिया गर्दा कपडा भेटियो….
  • घुँडाको शल्यक्रिया गर्दा चिकित्सकले बिरामीको शरीरभित्रै कपडा छाडेको पाइयो 
  • बिरामीले पुनः अर्को अस्पतालमा अपरेशन गर्दा शरीरभित्रै कपडा भेटियो 
  • फेरी शल्यक्रियागरी कपडा निकालियो 

जनकपुरधाम ।।

जनकपुरधामको नवजीवन हस्पिटलमा घुँडाको शल्यक्रिया गर्दा चिकित्सकले बिरामीको शरीरभित्रै कपडा छाडेको पाइएको छ । महोत्तरीको भंगहा नगरपालिका-९ का ३० वर्षीय मन्दीप यादवको बायाँ घुँडाको शल्यक्रिया गर्दा शरीरभित्रै कपडा (गज) छाडेको भेटिएको हो ।

शल्यक्रिया गरेपछि दुख्ने र घाउबाट पिप आउने भएपछि बिरामीले पुनः अर्को अस्पतालमा अपरेशन गर्दा शरीरभित्रै कपडा भेटिएको पीडित परिवारले जनाएको छ । ५ भदौमा जनकपुरधाम बाह्रबिघाको उत्तरी पूर्वकुना नजिकको नवजीवन हस्पिटलमा डा. मुकुन्द झाले मन्दीपको घाउको शल्यक्रिया गरेका थिए ।

४ साउनमा मोटरसाइकल दुर्घटना भएर चोट लागेपछि मन्दीपले ३२ साउनमा नारायण इएनटी एण्ड प्लास्टिक सर्जरी सेन्टरमा कन्सलटेन्ट प्लास्टिक, रिकन्सट्रक्टिभ एवं ह्याण्ड सर्जन डा. मुकुन्द झासँग जाँच गराएका थिए ।

उनले शल्यक्रिया गरेपछि  घाउ निको हुने आश्वासन दिएर नवजीवन हस्पिटलमा भर्ना हुन आग्रह गरे । त्यसै दिन साँझ ४ बजे शल्यक्रिया पनि गरे । तीन दिन ड्रेसिङ गरेपछि घाउमा आठ वटा टाँका लगाए । एक सातापछि डिस्चार्ज गरे, शल्यक्रिया र अस्पताल शुल्क गरी ६५ हजार रुपैयाँ लिएको मन्दीपका दाइ सन्तोष यादवले बताए ।

दुईरतीनदिन घरमा ड्रेसिङ गर्दा घाउबाट पीप आउन थाल्यो, फोन गर्दा डा. झाले उठाउन छाडेको सन्तोषले बताए । घुँडा निको नभएपछि १२ भदौमा मन्दीप प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भए । अर्थोपेडिक सर्जन डा. सन्दीप शर्माले पुनः शल्यक्रिया गर्दा घाउमा कपडा भेटिएको हो ।

‘अन्यत्र कतै अप्रेसन गराउनुभएको थियो । तर निरन्तर घाउबाट पिप आयो भन्नुभयो । शंका लागेर टाँका खोलेँ । भित्र केही वस्तु छ जस्तो लाग्यो’ उनले भने, ‘भित्र गज रहेछ, निकालेर फेरि सरसफाइ गरी टाँका लगाइदिएको छु ।’

भित्र छाडिएको वस्तु धेरै दिन ननिकालेको भए घाउ अझै जटिल हुन सक्ने डा. शर्मा बताउँछन् । चिकित्सकको लापरबाहीले आफ्नो स्वास्थ्य झण्डै जोखिममा परेको बिरामी मन्दीपले बताए ।

‘केहीदिन चेक नगराएको भए त मेरो खुट्टा गुम्न पनि सक्थ्यो’, मन्दीपले भने, ‘उपचारमा चरम लापरबाही गर्ने डा. झा र नवजीवन हस्पिटललाई कारबाही हुनुपर्छ ।’

डा. मुकुन्द झाको क्लिनिक हिजोआज बन्द छ । साइनबोर्डमा लेखिएको मोबाइल स्वीच अफ छ । नवजीवन हस्पिटलका म्यानेजर सञ्जीव साहले आफ्नो हस्पिटलमा बिरामीको दुईपटक शल्यक्रिया भएको बताए । तर बिरामी डिस्चार्ज भएर गएपछि पुनः समस्या हुँदा सम्पर्कमा नआएको तर्क गरे ।

‘डिस्चार्ज भएर गएपछि बिरामी हाम्रो सम्पर्कमा आएको छैन । त्यसपछि के भयो हामीलाई थाहै भएन’ उनले भने ‘केही समस्या भएपछि हाम्रो सम्पर्कमा आउनुपर्थ्यो नि ।’ शल्यक्रिया गरेपछि डा. मुकुन्द झा आफ्नो शुल्क लिएर गएको र उनी आफूहरुको सम्पर्कमै रहेको बताए ।

मन्दीपका दाइ सन्तोष यादवले उपचारका नाममा ठगी र बिरामीको जीवनसँग खेलबाड गरेको भन्दै चिकित्सक र हस्पिटललाई कारबाही गर्न नेपाल मेडिकल एशोसिएसन (एनएमसी) समक्ष उजुरी गरेका छन् ।

‘डा. मुकुन्द झाले मानिसको जीवनसँग खेलबाड गरेको, गम्भीर लापरबाही गरेको र ठगी गरेकोले कानुन बमोजिम क्षतिपूर्ति भराइदिन र हदैसम्मको कारबाही गर्न उजुरी गरेको छु’, सन्तोषले भने । अनलाइनखबरबाट साभार

 

 

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० १६:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।