April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

दुर्गा प्रसाईंका समर्थकलाई युवा संघले प्यार्टी प्यालेसबाट रातिनै लखेटेपछि…..

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १0:३७
दुर्गा प्रसाईंका समर्थकलाई युवा संघले प्यार्टी प्यालेसबाट रातिनै लखेटेपछि…..
  • प्रदर्शनमा भाग लिन इटहरीदेखि काठमाडौँ आएका सर्वसाधारणलाई 
  • भातृ संगठन युवा संघका कार्यकर्ताले मध्यरातमा लखेटे
  • युवा संघका कार्यकर्ताले अमानवीय तवरले संवेदनहीन काम गर्यो 

काठमाडौँ ।।

मङ्सिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा भाग लिन इटहरीदेखि काठमाडौँ आएका सर्वसाधारणलाई नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले मध्यरातमा लखेटेका छन् । मंगलबार राति चाबहिलस्थित एक पार्टी प्यालेसमा सुतिरहेको अवस्थामा अमानवीय तवरले आफूलाई युवा संघका कार्यकर्ता बताउने एक समूहले उनीहरुलाई लखेटेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिन्छ ।  भिडियोमा पार्टी प्यालेसमा अधिकांश महिलाहरू देखिएका छन् । उनीहरु सुतिरहेका बेला ‘हेलो दिदीहरू, फोन गर्नु त युवा संघले लखेटे भनेर ! तपाईंहरु ७ गतेको कार्यक्रममा आउनुभएको हो, तपाईंहरु उठिहाल्नु त, ल छिटो गर्नुस्, १० मिनेटको समय दिन्छौँ’ भन्दै फर्किन धम्क्याएको देखिन्छ । महिलाहरूले भने, ‘पर्खिनुस् न, लुगा त लाउन दिनुस्’ भन्दै याचना गरेको देखिन्छ ।

महिलाहरूले ‘उज्यालोसम्म हामीलाई बस्न दिनुस्, उज्यालो भएपछि हामी जान्छौँ’ भनेर बिन्ती गर्दा पनि ‘हुँदैन’ भनेर तुरुन्त फर्किन चेतावनी दिएको भिडियोमा प्रस्ट सुनिन्छ । भिडियोमा आफूलाई युवा संघको बताउने युवकले, ‘युट्युबमा दुर्गा प्रसाईं भनेर कुर्लिएजस्तो होइन । देखाइदिन्छौँ भनेको होइन, अब हामी देखाइदिन्छौँ, सबैलाई काठमाडौँबाट लखेटेर’ भनेर बोलेको आवाज सुनिन्छ । भिडियोको अन्तिममा ‘दुर्गा प्रसाई पागललाई फोन गरेर युवा संघले लखेट्यो भनेर भन्नुस्’ भनिनएको छ । प्रसाईंका समर्थक रहेक रविन अर्यालले युवा संघका कार्यकर्ताले अमानवीय तवरले संवेदनहीन काम गरेको बताए । उनले भने,‘ इटहरीबाट आएको हाम्रो ग्रुपलाई चाबहिलको प्यार्टी प्यालेसमा राखेका थियौँ, युवा संघले लखेटेको रहेछ ।

त्यसरी महिलाहरू सुतिरहेको ठाउँमा पुगेर संवेदनहीन तवरले लखेट्नु हुने थिएन ।’ अर्यालले आफूहरू शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने तयारी गर्दागर्दै पनि युवा संघले मुठभेटको स्थिति चाहेको बताए । उनले भने,‘ झापाबाट मात्रै पाँच सय गाडीमा मानिसहरू काठमाडौँ आइसके, हामी अव गुन्डु नै पुगेर युवा संघलाई देखाउँछौँ ।’ यता युवा संघका प्रवक्ता निरोज पौडेलले भने प्रसाईं समर्थकहरूलाई आफूहरूले लखेट्ने काम नगरेको बताए । उनले भने,‘ युवा संघको बदनाम गर्न हाम्रो नाम लिएको देखियो, मैले पनि भिडियोमा युवा संघको नाम सुनेको थिएँ, यदि युवा संघकै साथीहरू संलग्न देखिए कारबाही हुन्छ ।’ उनले मानवीय संवेदनाको विषयमा युवा संघ गम्भीर भएकाले यस्तो हरकत आफूहरूबाट हुन नसक्ने र नगर्ने बताए ।

 

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।