sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खेल्नको लागि मानसिक रुपमा शान्त हुनुपर्छ : प्रशिक्षक देसाई

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १५:0९
खेल्नको लागि मानसिक रुपमा शान्त हुनुपर्छ :  प्रशिक्षक देसाई
  • टिमसँगको जस्तै बलियो मानसिक रणनीतिका साथ खेल्नु पर्ने
  • मानसिक रुपमा शान्त भएर खेल्न जरुरी
  • हामीलाई थाहा भए जस्तै वान बल ब्याटल रणनीति नै अपनाउने

काठमाडौं ।।

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले स्थापित टिमसँग पनि एसोसियट टिमसँगको जस्तै बलियो मानसिक रणनीतिका साथ खेल्नु पर्ने बताएका छन् । एसिया कप क्रिकेटमा भारतसँगको खेलअघि नेपाल क्रिकेट संघको क्यानको अफिसियल मिडियामा बोल्दै उनले भारतजस्तो समृद्ध इतिहास भएको क्रिकेट राष्ट्रसँग पनि एकै खालको रणनीति अपनाउनु पर्ने बताएका हुन् ।

‘उनीहरुसँग ५० वर्षभन्दा लामो इतिहास छ । हामी एकदमै स्थापित टिमसँग खेल्दैछौं भन्ने कुरा बुझ्नुपर्छ, हामीभन्दा उनीहरुसँग धेरै अनुभव छ,’ देसाईले भने, ‘हामीले जसरी एसोसियट राष्ट्रहरुसँग रणनीतिक रुपमा खेलेका थियौं, त्यसरी नै खेल्न जरुरी छ ।’

ओमान, यूएई, कुवेतसहितका टिम सहभागी काठमाडौंमा भएको एसीसी प्रिमियर कप जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । देसाईकै प्रशिक्षणमा प्रिमियर कप जितेको नेपाल विश्वकप छनोटमा समेत छानिएको थियो । उनले पछिल्लो ८ महिनायता नेपाली टिमलाई वान बल ब्याटलको अवधारणामा क्रिकेट खेलाइरहेका छन् ।

‘हामीलाई थाहा भए जस्तै वान बल ब्याटल रणनीति नै अपनाउने हो । हामीले भारतविरुद्ध एक महत्वपूर्ण खेल खेल्दै गर्दा मानसिक रुपमा प्रेजेन्ट हुनुपर्छ । हामी जहिले पनि माथिल्लो स्तरमा खेल्न चाहन्थ्यौं, अहिले त्यो स्तरमा आउँदा हामीले त्यहि भएर उत्साह भएर खेल्न जरुरी छ’, उनले भने ।

नेपाली खेलाडीले धेरै खालको परिस्थितिमा खेलिरहेका भन्दै उनले मानसिक रुपमा शान्त भएर खेल्न जरुरी रहेको बताए । ‘फरक ड्रेसिङ रुममा फरक मानसिकता हुन्छ । नतिजा आफ्नो पक्षमा नआउँदा नआउँदा पीडा पनि हुन्छ । हामी खेलाडीहरुलाई समूहमा र व्यक्तिगत रुपमा पनि योगा गराइरहेका हुन्छौं । सबैलाई फरक तरिकाले मानसिक शान्तिका साथमा खेलमा प्रेजेन्ट हुन कोशिस गर्दै छौं’, उनले भने ।

एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानसँग नेपालका बलरहरुले ३५ ओभरसम्म राम्रो प्रयास गरेको भन्दै तारिफ गरे । ‘हाम्रो बलरहरुले दोस्रो ब्रेकसम्म पनि राम्रो गेका थिए, अन्तिममा सोमपाल कामीको विकेट पनि राम्रो भएको थियो । हामीले ब्याटिङमा योजना अनुरुप खेल्न सकेनौं । तर सोमपाल र आरिफको साझेदारी तारिफ योग्य थियो । हामीले सानो सानो कुरामा विजयी पाइरहेका थियौं, त्यसलाई पनि खुसी मनाऔं ।’

प्रशिक्षक देसाईले ठूला र स्थापित राष्ट्रसँग नेपालले खेल्दै गर्दा धैर्य गरेर समर्थन गर्न समर्थकलाई आग्रह गरे । ‘धैर्य गर्नुस् भन्न चाहन्छु । हामी सिमित स्रोत साधनको साथमा यी खेलाडीलाई यहाँसम्म ल्याउनु आफैंमा सकरात्मक पक्ष हो । हामीमाथि समर्थकको धेरै ठूलो अपेक्षा छ । राष्ट्रको र हामी आफैंको पनि अपेक्षा हुन्छ । त्यो अपेक्षालाई सम्हाल्न गाह्रो हुन्छ ।’

‘हामी प्रोसेसमा विश्वास गरेर हामी अझै धेरै पटक क्वालिफाइ गछौं ताकि यस्ता अवसरहरु आइरहुन् । हामी पनि ठूला राष्ट्रहरु जस्तै खेल्न सकूँ । ठूला व्यवस्थित राष्ट्रहरुसँग क्रिकेट खेल्दा प्रेसरमा खेल्न हामी सिक्छौं । हामीले हरेक पटक यी कुराहरु सिकेर जाँदैछौं ।’

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid