May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ?

खेल्नको लागि मानसिक रुपमा शान्त हुनुपर्छ : प्रशिक्षक देसाई

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १५:0९
खेल्नको लागि मानसिक रुपमा शान्त हुनुपर्छ :  प्रशिक्षक देसाई
  • टिमसँगको जस्तै बलियो मानसिक रणनीतिका साथ खेल्नु पर्ने
  • मानसिक रुपमा शान्त भएर खेल्न जरुरी
  • हामीलाई थाहा भए जस्तै वान बल ब्याटल रणनीति नै अपनाउने

काठमाडौं ।।

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले स्थापित टिमसँग पनि एसोसियट टिमसँगको जस्तै बलियो मानसिक रणनीतिका साथ खेल्नु पर्ने बताएका छन् । एसिया कप क्रिकेटमा भारतसँगको खेलअघि नेपाल क्रिकेट संघको क्यानको अफिसियल मिडियामा बोल्दै उनले भारतजस्तो समृद्ध इतिहास भएको क्रिकेट राष्ट्रसँग पनि एकै खालको रणनीति अपनाउनु पर्ने बताएका हुन् ।

‘उनीहरुसँग ५० वर्षभन्दा लामो इतिहास छ । हामी एकदमै स्थापित टिमसँग खेल्दैछौं भन्ने कुरा बुझ्नुपर्छ, हामीभन्दा उनीहरुसँग धेरै अनुभव छ,’ देसाईले भने, ‘हामीले जसरी एसोसियट राष्ट्रहरुसँग रणनीतिक रुपमा खेलेका थियौं, त्यसरी नै खेल्न जरुरी छ ।’

ओमान, यूएई, कुवेतसहितका टिम सहभागी काठमाडौंमा भएको एसीसी प्रिमियर कप जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । देसाईकै प्रशिक्षणमा प्रिमियर कप जितेको नेपाल विश्वकप छनोटमा समेत छानिएको थियो । उनले पछिल्लो ८ महिनायता नेपाली टिमलाई वान बल ब्याटलको अवधारणामा क्रिकेट खेलाइरहेका छन् ।

‘हामीलाई थाहा भए जस्तै वान बल ब्याटल रणनीति नै अपनाउने हो । हामीले भारतविरुद्ध एक महत्वपूर्ण खेल खेल्दै गर्दा मानसिक रुपमा प्रेजेन्ट हुनुपर्छ । हामी जहिले पनि माथिल्लो स्तरमा खेल्न चाहन्थ्यौं, अहिले त्यो स्तरमा आउँदा हामीले त्यहि भएर उत्साह भएर खेल्न जरुरी छ’, उनले भने ।

नेपाली खेलाडीले धेरै खालको परिस्थितिमा खेलिरहेका भन्दै उनले मानसिक रुपमा शान्त भएर खेल्न जरुरी रहेको बताए । ‘फरक ड्रेसिङ रुममा फरक मानसिकता हुन्छ । नतिजा आफ्नो पक्षमा नआउँदा नआउँदा पीडा पनि हुन्छ । हामी खेलाडीहरुलाई समूहमा र व्यक्तिगत रुपमा पनि योगा गराइरहेका हुन्छौं । सबैलाई फरक तरिकाले मानसिक शान्तिका साथमा खेलमा प्रेजेन्ट हुन कोशिस गर्दै छौं’, उनले भने ।

एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानसँग नेपालका बलरहरुले ३५ ओभरसम्म राम्रो प्रयास गरेको भन्दै तारिफ गरे । ‘हाम्रो बलरहरुले दोस्रो ब्रेकसम्म पनि राम्रो गेका थिए, अन्तिममा सोमपाल कामीको विकेट पनि राम्रो भएको थियो । हामीले ब्याटिङमा योजना अनुरुप खेल्न सकेनौं । तर सोमपाल र आरिफको साझेदारी तारिफ योग्य थियो । हामीले सानो सानो कुरामा विजयी पाइरहेका थियौं, त्यसलाई पनि खुसी मनाऔं ।’

प्रशिक्षक देसाईले ठूला र स्थापित राष्ट्रसँग नेपालले खेल्दै गर्दा धैर्य गरेर समर्थन गर्न समर्थकलाई आग्रह गरे । ‘धैर्य गर्नुस् भन्न चाहन्छु । हामी सिमित स्रोत साधनको साथमा यी खेलाडीलाई यहाँसम्म ल्याउनु आफैंमा सकरात्मक पक्ष हो । हामीमाथि समर्थकको धेरै ठूलो अपेक्षा छ । राष्ट्रको र हामी आफैंको पनि अपेक्षा हुन्छ । त्यो अपेक्षालाई सम्हाल्न गाह्रो हुन्छ ।’

‘हामी प्रोसेसमा विश्वास गरेर हामी अझै धेरै पटक क्वालिफाइ गछौं ताकि यस्ता अवसरहरु आइरहुन् । हामी पनि ठूला राष्ट्रहरु जस्तै खेल्न सकूँ । ठूला व्यवस्थित राष्ट्रहरुसँग क्रिकेट खेल्दा प्रेसरमा खेल्न हामी सिक्छौं । हामीले हरेक पटक यी कुराहरु सिकेर जाँदैछौं ।’

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।