April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

जाडोमा जोगाउनुस् मुटु

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १४:0३
जाडोमा जोगाउनुस् मुटु
  • जाडोले  मुटुलाई  निकै असर गर्छ 
  • जाडोमा रुघाखोकी, घाँटी पनि दुख्न सक्ने 
  • अरु रोगले मुटुमा थप दबाब दिन सक्छ

काठमाडौं ।।

केही दिनयता जाडो बढेसँगै देशभर जनजीवन प्रभावित भएका खबरहरु आइरहेका छन् । जाडोमा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । त्यसमा पनि जाडोमा मुटुमा निकै असर पर्छ । जसकारण हृदयघात, फ्लु आदिको जोखिम बढाउँछ । चिसो मौसमले मुटु र रक्तसञ्चार प्रणालीलाई पनि असर गर्न सक्छ ।

जाडोमा रुघाखोकी, घाँटी दुख्ने, जस्ता हल्का रोग पनि लाग्ने गर्छ । यद्यपि यी सामान्य समस्या हुन्, तर मुटुमा पहिले नै कुनै समस्या छ भने जाडोमा झन् बढ्न सक्छ । जाडोमा शारीरिक गतिविधि कम हुन्छ । मानिसहरू आराम गर्न र आफ्नो शरीरलाई न्यानो राख्न घरभित्रै बस्न रुचाउँछन् । जसले गर्दा यो सिजनमा शरीरलाई आवश्यक पर्ने व्यायाम गरिंदैन र शरीर निष्क्रिय भएका कारण पनि विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्छन् ।

तापक्रममा कमी आउँदा रक्तसञ्चार नलीहरू कहिलेकाहीं खुम्चिन्छन् । जसले रक्तचाप बढ्दा मुटु र मस्तिष्क दुवैमा असर गर्न सक्छ । चिसोमा धेरै चिल्लो खाना खाने र निष्क्रिय दैनिकीका कारण पनि मुटुरोगको जोखिम बढ्छ । चिसोमा धेरैले धुम्रपान र मादक पदार्थको प्रयोग बढी गर्ने भएकाले पनि मुटुमा असर गर्छ ।

जाडोमा कोरोनरी धमनीहरू खुम्चिन्छन्, जसले कोरोनरी हृदयरोगका कारण छाती दुखाइलाई अझ बढाउन सक्छ । एकातिर शरीरको तापक्रम स्थिर राख्न मुटुले थप मेहनत गर्नुपर्ने हुन्छ भने अर्कोतर्फ चिसो हावाले मुटुको यो कडाइलाई झनै कठिन बनाइदिन्छ किनभने चिसो हावाका कारण शरीरको तापक्रम द्रुत गतिमा घट्छ । यदि शरीरको तापक्रम ६ डिग्रीभन्दा तल झर्‍यो भने हाइपोथर्मियाले मुटुको मांसपेशीलाई हानि पुर्‍याउन सक्छ ।

जोखिम

चिसो मौसममा शरीरलाई तातो बनाउन तथा रक्तसञ्चार गर्न मुटुले बढी काम गर्नुपर्छ । मुटुलाई भार पर्ने भएकाले चिसो मौसम मुटुरोगीका लागि जोखिमपूर्ण हुन्छ । साथै, उच्च रक्तचाप, धुम्रपान र मदिरपान अत्यधिक गर्ने, रोगको पारिवारिक इतिहास, उच्च कोलेस्टेरोल, मोटोपनजस्ता कारणले जाडोमा हृदयघातको सम्भावना धेरै हुन्छ ।

पहिल्यैदेखि मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोग भएका व्यक्ति वा क्यान्सर तथा केही रोगका उपचार गरिरहेका व्यक्तिको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । फलस्वरूप, त्यो व्यक्ति संक्रमणको सबैभन्दा उच्च जोखिममा हुन्छ । केही रोगले मुटुमा थप दबाब दिन सक्छ ।

जाडोमा मुटुलाई कसरी स्वस्थ राख्ने ?

मधुमेह, उच्च रक्तचापको समस्या भएका व्यक्तिले जाडो मौसममा धेरै सचेत हुनुपर्छ । मधुमेह र उच्च रक्तचापलाई नियन्त्रणमा राख्न समय समयमा जँचाउने र नियमित औषधि सेवन गर्ने गर्नुपर्छ ।

शरीरलाई न्यानो राख्नु पनि जरुरी हुन्छ । शरीरलाई न्यानो राख्न र चिसोबाट बच्न न्यानो लुगा लगाउनुपर्छ । आफूलाई शारीरिक रूपमा सक्रिय राख्नुपर्छ । सधैं घरबाहिर व्यायाम गर्नु आवश्यक छैन, घरमै व्यायाम गर्न सकिन्छ । घरमै हल्का एरोबिक्स, योग, कसरत, नृत्य वा ध्यान जस्ता गतिविधि पनि गर्न सकिन्छ ।

फलफूल र तरकारीमा पाइने भिटामिन र मिनरल्सले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत राख्छ ।  भुटेको, चिल्लो, मीठो र उच्च कोलेस्टेरोलयुक्त खानेकुरा नखानुहोस् किनभने यिनीहरूले हृदयरोगको जोखिम बढाउन सक्छ । जाडोमा धेरै मात्रामा चिल्लो पिरो खानेकुरा खाइन्छ, जसले कोलेस्टेरोल बढाएर मुटुको स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ, त्यसैले सन्तुलित आहार लिनुपर्छ ।

स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ

छोटो दिन र लामो रात, घरभित्र धेरै समय बिताउँदा उदास वा बेचैनी महसुस हुन सक्छ । घामको किरणको कमीका कारण धेरैलाई भिटामिन डी पर्याप्त मात्रामा प्राप्त हुँदैन । यसले डिप्रेसन बढाउन सक्छ । त्यसैले उदासीबाट बच्न योग र ध्यानका साथै सक्रिय हुन जरुरी छ ।

अत्यधिक तनावले शरीरको प्रतिरक्षा प्रणालीको काममा बाधा पुर्‍याउँछ, विशेषगरी जाडोमा । तनाव व्यवस्थापन महत्त्वपूर्ण छ । तनाव हार्मोनले रक्तचाप बढाएर प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ । मधुमेह उच्च रक्तचाप, मिर्गौला र अन्य स्वास्थ्य समस्या भएका बिरामी झन् धेरै सचेत हुनुपर्छ ।

राम्रो मानसिक र शारीरिक स्वास्थ्यका लागि पर्याप्त आराम आवश्यक छ । निद्रा नपुग्दा मुटुरोग, उच्च रक्तचाप, मधुमेह र पक्षघातजस्ता धेरै स्वास्थ्य समस्या देखा पर्छन् । कुनै पनि वयस्क व्यक्तिले हरेक दैनिक ६ घण्टा सुत्नु आवश्यक हुन्छ ।

यदि दिनचर्या नियमित छ भने राम्रोसँग सुत्न सकिन्छ । दिनचर्या राम्रो भयो भने राति समयमा सुतिन्छ र समयमा उठिन्छ । जसले गर्दा निद्रामा कुनै समस्या निम्तिंदैन ।

यी कुरामा पनि ध्यान दिनुपर्छ

जाडोमा मुटुसम्बन्धी समस्याका लक्षण पहिचान गर्नु झनै महत्त्वपूर्ण हुन्छ । कहिलेकाहीं हृदयघातको चेतावनी सूचकहरु छातीमा तीव्र जलन, असहजता, अत्यधिक पसिना आउनु, सास फेर्न गाह्रो हुनु, बंगारा, हात वा काँधमा लामो समयसम्म दुख्नने समस्या देखिन्छन् ।

यद्यपि, यी लक्षणहरू पुरुष र महिलामा फरक हुन सक्छन् । तर कुनै पनि लक्षणलाई बेवास्ता गर्नु हुँदैन । लक्षणहरू देखा परेको खण्डमा तुरुन्त अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ । हृदयघातका लक्षणहरू पहिचान गर्न र उपचार गर्नमा थोरै ढिलाइले पनि समस्याको जटिलता बढाउने मात्र होइन, घातक पनि हुन सक्छ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १४:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।