May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

अख्तियारको कर्मचारी भन्दै धम्क्याउनेहरु प्रहरीको फन्दामा

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० ११:0१
अख्तियारको कर्मचारी भन्दै धम्क्याउनेहरु प्रहरीको फन्दामा
  • अख्तियारको कर्मचारी भन्दै धम्की दिएको आरोपमा प्रहरीले दुई जना पक्राउ
  • पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौ, तपाईको पसल सिल गर्छौं’ भन्दै धम्की
  • ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाबाट ५ दिन हिरासतमा राख्ने 

जनकपुरधाम ।।

अख्तियारको कर्मचारी हौँ भन्दै जनकपुरमा व्यापारीहरुलाई धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-७ बस्ने हंसपुर नगरपालिका ३ का अनिल सिंह र राहुल सिंह रहेका छन् ।

उनीहरुले ७ वटा पसलमा रकम असुल गर्ने उद्देश्यले धम्की दिएको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

उनीहरुले ‘हामी अख्तियारको कर्मचारी हौं, पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौ, तपाईको पसल सिल गर्छौं’ भन्दै धाक धम्की दिई नगद रुपैयाँ असुल गर्ने तथा ठगी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । उनीहरुलाई ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको डीएसपी गौतमले बताए ।

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० ११:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।