May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

झापाका अनिल कार्की आत्महत्या प्रकरण : श्रीमती, ससुरा विरुद्ध मुद्धा दर्ता ; शव बुझ्न इन्कार

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १३:४२
झापाका अनिल कार्की आत्महत्या प्रकरण : श्रीमती, ससुरा विरुद्ध मुद्धा दर्ता ; शव बुझ्न इन्कार

१४ कार्तिक । झापा, कमल –६ का ३४ बर्षिय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्न सबै दोषीलाई कानुनी दायरामा नल्याएसम्म उनको शव नबुझ्ने परिवारले अडान लिएका छन् । उनीहरुले कार्कीको मृत्यु अघिपछिका सबै तथ्यहरुलाई आधार बनाएर अनुसन्धानको घेरा फराकिलो बनाउन माग समेत गरेका छन् ।

मृतक कार्कीकी बहिनी अनिता कार्की कोइराला, पवित्रा बुढाथोकी, मामा खेमबहादुर बुढाथोकी लगायतले आज दमकमा पत्रकार सम्मेलन गर्दै कार्कीले आफूमाथि भएको अन्यायका बिषयलाई लिएर समयमै प्रहरी कार्यालयमा पुगेपनि न्यायको अनुभुति हुन नसकेको तथ्य आफूहरुसँग रहेको बताए । घटनापछि उनका ससुरा, पत्नी र वडाध्यक्ष भटट्राई फरार हुनु शंकास्पद रहेको परिवारको बुझाई छ ।

उनीहरुले कार्कीमाथि उनकी पत्नी चाहना, ससुरा पुण्यप्रसाद पोखरेल र वडाध्यक्ष नरेन्द्र भटट्राईले समेत कुटपिट गरेको प्रमाण आफूहरुसँग सुरक्षित रहेको पनि दावी गरे । वडाअध्यक्ष भटटराईसहित तीन जना विरुद्धको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेपछि वडाअध्यक्षको नाम हटाएर दुई जना विरुद्ध मात्र प्रहरीले कानुनी प्रकृया शुरु गरेको जानकारी आफूहरुले पाएको बताउँदै मृत्यु प्रकरणका दोषीहरुलाई उन्मुक्ति दिलाउने षडयन्त्र भइरहेको उनीहरुको आरोप छ ।

कार्की आइतवार साँझ गलामा डोरी लगाएको र डोरी काटेर तीन टुक्रा पारेको अवस्थामा घरमै फेला परेका थिए ।पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो । कार्कीको मृत्यु भए लगत्तै श्रीमतीसहित ससुरा भने फरार भएका थिए ।

दशैंको महानवमीका दिन कार्की र उनकी श्रीमतीबीच झैझगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए । त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप रहेको छ । दशै विदामा घरआएका कार्कीमाथि श्रीमती,वडाअध्यक्ष भटटराईसहितले कुटपिट गरेको भन्दै दशैं टिका अर्थात ७ कार्तिकमा इलाका प्रहरी कार्यालय दमकमा निवेदन समेत दिएका थिए । सो निवेदनमाथि प्रहरीले कार्तिक १२ गते छलफल गर्ने भनेपनि छलफल रोकिएको थियो । छलफल गर्ने भनिएकै दिन कार्कीको रहस्यमयी मृत्युभएको हो । जिल्ला बन कार्यालय पाँचथरमा कार्यरत उनी तीन वर्ष देखि ससुरालीछेउमा घर बनाएर बस्दैआएका थिए । उनका एक जना नाबालिका छोरी भएको बताईएको छ ।

प्रहरीले सो घटनामा मृतककी श्रीमती चाहना पोख्रेलसहित उनका बुबा पूण्यप्रसाद पोख्रेललाई नियन्त्रणमा लिएर आजनै जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको जनाएको छ ।जाहेरीकर्ता कार्कीका मामा खेमबहादुर बुढाथोकीले प्रहरीमा जाहेरी दिन जाँदा जाहेरी लिन अस्वीकार गरेको भन्दै हिजो इलाका प्रहरी कार्यालय दमक अगाडी प्रदर्शननै गरेका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १३:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।