May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो

आज देशभर कृष्णभक्तहरु सार्वजनिक बिदा मनाउदै

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० ११:१४
आज देशभर कृष्णभक्तहरु सार्वजनिक बिदा मनाउदै
  • कृष्ण मन्दिरमा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो
  • ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनेर मनाउने गरिन्छ
  • कृष्ण जन्माष्टमी पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा

काठमाडौं ।।

आज कृष्ण जन्माष्टमी पर्वको अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ । पूजा गर्नका लागि पाटन कृष्ण मन्दिरको दक्षिण र उत्तरतर्फबाट भक्तजनहरु लामबद्ध छन् । भक्तजनहरुले आफ्ना बालबालिकाहरुलाई कृष्ण र राधाको स्वरुपमा सिंगारेको पनि देखिन्छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनेर मनाउने गरिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । कृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० ११:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।