April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

नेपाली र अमेरिकीको सैन्य अभ्यास आजदेखि शुरु

  • साझा परिवेश
  • आइतवार, भदौ २४, २०८० ११:२५
नेपाली र अमेरिकीको सैन्य अभ्यास आजदेखि शुरु
  • नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु
  • संयुक्त सैन्य अभ्यास असोज १२ गतेसम्म भक्तपुरको नगरकोटमा चल्ने

काठमाण्डौ ।।

नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु भएको छ । संयुक्त सैन्य अभ्यास असोज १२ गतेसम्म भक्तपुरको नगरकोटमा चल्नेछ । यो अभ्यासमा नेपाली ३० र अमेरिकी १२ जना गरी ४२ जना सैनिक सहभागी रहेका नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो हरेक वर्ष हुने नियमित अभ्यास हो । यसअघि ३९औँ अभ्यास भइसकेको छ ।

संयुक्त अभ्यास मुख्य गरी विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित हुनेछ । नेपाली सेनासँगको संयुक्त अभ्यासका लागि अमेरिकी सेनाको विशेष फौज गएको बिहीवार काठमाण्डौ आएको हो ।

नेपाली सेनाले अमेरिकाका साथै बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बङ्लादेश, इजरायललगायत देशका सेनासँग संयुक्त तालिम र अभ्यास गर्दै आएको छ । सैन्य र प्राविधिक क्षमताका हिसाबले अगाडि रहेका देशका सेनासँगको तालिमले उनीहरुको ज्ञान नेपाललाई हस्तान्तरण हुने रथी भण्डारीले बताउनुभयो ।

  • साझा परिवेश
  • आइतवार, भदौ २४, २०८० ११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।