May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

एनआरएनए चुनावको लागि लविइङ सुरु

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १0:५९
एनआरएनए चुनावको लागि लविइङ सुरु
  • आगामी नेतृत्वको लागि त्रिपक्षीय भिडन्त हुने संकेत
  • उम्मेदवारहरूविच प्रतिस्पर्धा हुने सम्भावना

बार्सिलोना ।।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वको लागि त्रिपक्षीय भिडन्त हुने संकेत देखिएको छ । आगामी दुईवर्षे कार्यकालको नेतृत्वका लागि संघका कार्यकारी अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष महेशकुमार श्रेष्ठ र अर्का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।

अध्यक्षकै प्रतिस्पर्धामा वर्तमान कार्यसमिति अध्यक्ष रविना थापा र उप-महासचिव विनय अधिकारी पनि देखिएका छन् । यसरी नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी पर्ने सम्भावना भए पनि मुख्य प्रतिस्पर्धा भने त्रिपक्षीय प्यानलमा हुने निश्चित जस्तै देखिएको छ ।

तीन ठूला राजनीतिक दलका प्रवासस्थित संगठनहरूले आ–आफ्ना उम्मेदवारहरूलाई जिताउन लविइङ सुरु गरिसकेका छन् । नेपाली जनसम्पर्क समितिले श्रेष्ठलाई, प्रवासी नेपाली मञ्चले डा.केसीलाई र नेपाली जनप्रगतिशील मञ्च शर्माको पक्षमा उभिएको छ । राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बाट महाधिवेशन प्रतिनिधिहरू चयन गर्ने क्रममा पनि यी संगठनहरूले प्रभाव पारेको आरोप छ ।

नेताहरूको आलोचना गर्न माहिर एनआरएनएहरूको कार्यशैली पनि उस्तै रहेको भन्दै संघका उपाध्यक्ष डा. हेमराज शर्माले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । महाधिवेशन प्रतिनिधि चयनका क्रममा आफू निकट, परिवार र नजिकका नातेदार छानेको भन्दै उनले असन्तुष्टि पोखेका हुन् ।

‘नेताहरूले समानुपातिक सांसद लगायत लाभका पदमा आफ्ना नजिकका, श्रीमान्श्री-मती, साला-साली लगायत नातेदारलाई सिफारिस गरे भनेर चर्को आवाज उठाउँछौं । तर, अक्टोबरमा हुने एनआरएनएको निर्वाचनमा सिफारिस भएका प्रतिनिधिहरू हेर्दा नेताहरूलाई गाली गर्ने नैतिकता हामीले गुमाएका छौं’, उनले भने । पूर्व महासचिव समेत रहेका डा. शर्माको अभिव्यक्तिले प्रतिनिधिहरू चयनमा संघभित्र कतिसम्म राजनीतिक तथा व्यक्तिगत प्रभाव पर्छ भन्ने उदाङ्गो पारेको छ ।

अक्टोबर १७ देखि काठमाडौंमा सुरु हुने एनआरएनएको ११औं महाधिवेशनका लागि आ–आफ्नो प्यानलमा उम्मेदवार तान्न र पदको बार्गेनिङ गर्ने काम सुरु भइसकेको छ । एनआरएनएको शाखा ८० भन्दा बढी मुलुकहरूमा फैलिएको भनिए पनि झन्डै ५७ देशका करिब ४ हजार २०० प्रतिनिधिहरूले मात्रै केन्द्रीय निर्वाचनमा भाग लिंदैछन् । सेप्टेम्बर १५ सम्ममा महाधिवेशन प्रतिनिधिहरूको अन्तिम टुङ्गो लाग्ने एनआरएनए सचिवालयले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।