sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एनआरएनए चुनावको लागि लविइङ सुरु

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १0:५९
एनआरएनए चुनावको लागि लविइङ सुरु
  • आगामी नेतृत्वको लागि त्रिपक्षीय भिडन्त हुने संकेत
  • उम्मेदवारहरूविच प्रतिस्पर्धा हुने सम्भावना

बार्सिलोना ।।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वको लागि त्रिपक्षीय भिडन्त हुने संकेत देखिएको छ । आगामी दुईवर्षे कार्यकालको नेतृत्वका लागि संघका कार्यकारी अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष महेशकुमार श्रेष्ठ र अर्का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।

अध्यक्षकै प्रतिस्पर्धामा वर्तमान कार्यसमिति अध्यक्ष रविना थापा र उप-महासचिव विनय अधिकारी पनि देखिएका छन् । यसरी नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी पर्ने सम्भावना भए पनि मुख्य प्रतिस्पर्धा भने त्रिपक्षीय प्यानलमा हुने निश्चित जस्तै देखिएको छ ।

तीन ठूला राजनीतिक दलका प्रवासस्थित संगठनहरूले आ–आफ्ना उम्मेदवारहरूलाई जिताउन लविइङ सुरु गरिसकेका छन् । नेपाली जनसम्पर्क समितिले श्रेष्ठलाई, प्रवासी नेपाली मञ्चले डा.केसीलाई र नेपाली जनप्रगतिशील मञ्च शर्माको पक्षमा उभिएको छ । राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बाट महाधिवेशन प्रतिनिधिहरू चयन गर्ने क्रममा पनि यी संगठनहरूले प्रभाव पारेको आरोप छ ।

नेताहरूको आलोचना गर्न माहिर एनआरएनएहरूको कार्यशैली पनि उस्तै रहेको भन्दै संघका उपाध्यक्ष डा. हेमराज शर्माले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । महाधिवेशन प्रतिनिधि चयनका क्रममा आफू निकट, परिवार र नजिकका नातेदार छानेको भन्दै उनले असन्तुष्टि पोखेका हुन् ।

‘नेताहरूले समानुपातिक सांसद लगायत लाभका पदमा आफ्ना नजिकका, श्रीमान्श्री-मती, साला-साली लगायत नातेदारलाई सिफारिस गरे भनेर चर्को आवाज उठाउँछौं । तर, अक्टोबरमा हुने एनआरएनएको निर्वाचनमा सिफारिस भएका प्रतिनिधिहरू हेर्दा नेताहरूलाई गाली गर्ने नैतिकता हामीले गुमाएका छौं’, उनले भने । पूर्व महासचिव समेत रहेका डा. शर्माको अभिव्यक्तिले प्रतिनिधिहरू चयनमा संघभित्र कतिसम्म राजनीतिक तथा व्यक्तिगत प्रभाव पर्छ भन्ने उदाङ्गो पारेको छ ।

अक्टोबर १७ देखि काठमाडौंमा सुरु हुने एनआरएनएको ११औं महाधिवेशनका लागि आ–आफ्नो प्यानलमा उम्मेदवार तान्न र पदको बार्गेनिङ गर्ने काम सुरु भइसकेको छ । एनआरएनएको शाखा ८० भन्दा बढी मुलुकहरूमा फैलिएको भनिए पनि झन्डै ५७ देशका करिब ४ हजार २०० प्रतिनिधिहरूले मात्रै केन्द्रीय निर्वाचनमा भाग लिंदैछन् । सेप्टेम्बर १५ सम्ममा महाधिवेशन प्रतिनिधिहरूको अन्तिम टुङ्गो लाग्ने एनआरएनए सचिवालयले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid