July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

दशरथ तलाउमा स्नान गर्नेको भीड

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १४:३९
दशरथ तलाउमा स्नान गर्नेको भीड

 

जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरूका लागि गङ्गा मातासँग सम्बन्धित गङ्गा दशहरा अर्थात् गङ्गा दशैँको अवसरमा जनकपुरधामको दशरथ तलाउ (दशरथ पोखरी) मा स्नान गर्ने भक्तजनहरूले घुइँचो लागेको छ । सोमबार परेको जेठशुक्ल दशमी अर्थात् गङ्गा दशहराका दिन गङ्गा नदी पृथ्वीमा अवतरण भएको दिनको रूपमा मनाइने गङ्गा दशहराको अवसरमा दशरथ सरमा स्नान गर्ने दर्शनार्थीहरुको घुइँचो लागेको हो ।

नेपाल तथा भारतका विभिन्न स्थानबाट दशहराको अवसरमा जनकपुधाम उपमहानगरपालिका वडा नं. ८ स्थित दशरथ मन्दिर नजिक रहेको दशरथ सरमा  स्नान गरी दशरथ महाराजको पूजा गर्न आउने गरेका छन् । यहाँ स्नान गर्नाले पुण्य प्राप्ति हुने मान्यता हिन्दु धर्ममा छ ।

दशहराको दिन दशरथ सरमा स्नान गर्नाले पुण्य मिल्ने विश्वासका साथ धनुषाको नगराइन नगरपालिकाबाट आउनुभएका इन्द्रकला निधि प्रत्येक वर्ष झैँ यस वर्ष पनि यहाँ स्नान गरी दर्शन गर्न आउनु भएको छ । यहाँ स्नान गर्दा पुण्य प्राप्ति हुने विश्वासका साथ उहाँहरू सम्पूर्ण परिवार स्नान गर्न आउनुभएको हो । यहाँ स्नान गरे पाप पखालिने र पुण्य प्राप्ति हुने विश्वास समेत रहेको इन्द्रकला बताउनुहुन्छ ।

भगीरथले अनेकौँ प्रयास गरी आजकै दिन गङ्गालाई पृथ्वीमा ल्याएको पुराणमा उल्लेख छ । १० प्रकारका पाप नाश हुने विश्वासमा नदी पवित्र तलाउ तथा तीर्थस्थलमा स्नान गरी तर्पण गरेर यो पर्व मनाइने गरिन्छ । सके दशौं दिन स्नान गर्ने, नसके दशमीका दिन मात्र स्नान गर्ने परम्परा पनि छ ।

यस दिनको दान तथा उपवासको विशेष महत्त्व समेत रहेको दर्शन गर्न आउने भक्तजनहरू बताउँछन् । गङ्गा दशहराको दिन गङ्गा स्नान गर्नाले भगवान् विष्णुको विशेष कृपा प्राप्त हुन्छ र पितृहरू खुसी हुन्छन् भन्ने मान्यता रहिआएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्