sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लम्पी स्किन सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपायामा सुधार

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० ११:१0
लम्पी स्किन सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपायामा सुधार
  • लम्पी स्किन रोग ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि
  • ५२ हजार ५ सय ४८ वटा पशु मरेको दावी
  • कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित

काठमाण्डौ ।।

पशु चौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणउन्मुख रहेको सरकारले जनाएको छ । पशुसेवा विभागकाअनुसार ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएकोमा अहिले मनाङ र मुस्ताङ जिल्लामा यो रोग पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ ।

विभागका अनुसार यो रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएका थिए । अहिले यी क्षेत्रमा पनि सङ्क्रमण घट्दो क्रममा रहेको छ । यो रोग लागेका १५ लाख १९ हजार ७ सय ७९ पशु चौपायामध्ये झण्डै १४ लाख निको भइसकेका विभागका वरिष्ठ पशु विकास अधिकृत डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार १३ लाख ९३ हजार ५ सय ९५ पशु चौपाया निको भएका छन् । अहिले सङ्क्रमित पशुको सङ्ख्या ७३ हजार ६ सय ३६ रहेको छ । यी पनि निको हुने चरणमा छन् । लम्पी स्किन विरुद्धको खोप अभियानलाई तीव्र पारिएकाले रोग रोकथाम हुन थालेको वरिष्ठ पशु विकास अधिकृत डाक्टर चन्द्र ढकालले बताउनुभयो ।

अहिलेसम्म १३ लाख ६९ हजार मात्रा खोप आयात भइ सातवटै प्रदेशका विभिन्न जिल्लाहरूमा वितरण गरिएको छ । अहिलेसम्म झण्डै १० लाख गाईभैँसीलाई यो रोग विरुद्धको खोप दिइएको छ । यसमध्ये धेरैजसो सङ्ख्या गाईको छ ।

लम्पी स्किन रोग रोकथामका लागि पशुसेवा विभागले सहसचिवको नेतृत्वमा प्रदेश र पालिकाका सरोकारवालाहरुसँग समन्वय गर्न सातै प्रदेशमा टोली परिचालन गरेको छ । यसरी खटिएको टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन, प्रदेश तथा पलिकासँग समन्वयसहित उपचार, प्राविधिक सल्लाह दिइरहेको छ ।

रोगको प्रकोप फैलिएका ठाउँमा प्रदेशसँग समन्वयमा पशु चिकित्सकसहितको टोली परिचालन गर्ने गरिएको छ । लम्पी स्किनका कारण अहिलेसम्म ५२ हजार ५ सय ४८ वटा पशु मरेका छन् । यो रोग नेपालमा पहिलो पटक २०७७ सालको असार महिनामा मोरङको सुन्दरहरैँचा नगरपालिकामा देखापरेको थियो ।

शुरुका दुई वर्षमा १६ जिल्लाका २९ वटा पालिकामा तीन हजार तीन सय एक पशु सङ्क्रमित भएका थिए । त्यसपछि २०७९ सालको चैतदेखि कोशी प्रदेशबाट महामारीको रूपमा फैलिएर देशभर फैलिएको थियो । कृषि मन्त्रालयले लम्पी स्किन रोगका कारण पीडित भएका किसानलाई राहत दिने बताए पनि निर्णय भइसकेको छैन । किसानले आफूहरुलाई राहत दिनु पर्ने माग गर्दै आएका छन् ।

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० ११:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid