sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

७ कक्षादेखिको मेरो सहपाठी, उहाँको निधनप्रति स्तब्ध छु : झलनाथ खनाल

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १0:३८
७ कक्षादेखिको मेरो सहपाठी, उहाँको निधनप्रति स्तब्ध छु : झलनाथ खनाल
  • नेम्वाङको निधनले खनाललाई स्तब्ध बनायो 
  • खनालको सातौं कक्षादेखिको सहपाठी 
  • पार्टी विभाजन भएको प्रति उहाँ निकै दु:खी हुनुहुन्थ्यो : खनाल

काठमाडौं ।।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुवास नेम्वाङको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

शोक वक्तव्य निकाल्दै उनले नेम्वाङ आफ्नो सातौं कक्षादेखिको सहपाठी भएको स्मरण गरेका छन् । माध्यमिक शिक्षा सँगसँगै अध्ययन गरेको, त्रिचन्द्र कलेजमा आईएससीसँगै पढेको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गरेको स्मरण गर्दै उनले नेम्वाङसँगको सम्बन्ध उल्लेख गरेका छन् ।

आफूले नै नेम्वाङलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित गरेको उल्लेख गर्दै उनले आफूहरु कोअर्डिनेसन कालदेखि नेकपा निर्माणको कालसम्म सँगै एउटै पार्टीमा रहेको पनि स्मरण गरेका छन् ।

एउटै पार्टीमा लामो समयसँगै काम गरेको भएकाले पछिल्लो समय पार्टी विभाजन भएपछि पनि आफूहरुको कुरा हुने गरेको उल्लेख गर्दै नेता खनालले पार्टी विभाजनप्रति नेम्वाङ दु:खी रहेको बताएका छन् ।

‘पार्टी विभाजन भएको प्रति उहाँ निकै दु:खी हुनुहुन्थ्यो । मिलेर काम गर्ने उपाय के हुन सक्छ भन्ने बारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो । आखिर अनेक सम्भावना अगाडि हुँदाहुँदै पनि उहाँको यो दु:खद् निधन भएको छ,’ खनालले शोक वक्तव्यमा लेखेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १0:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid