April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

आर्थिक वर्षको अन्तिम महिना : दैनिक गर्नुपर्ने खर्च ११ अर्ब, आम्दानी साढे ११ अर्ब

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १३:४६
आर्थिक वर्षको अन्तिम महिना : दैनिक गर्नुपर्ने खर्च ११ अर्ब, आम्दानी साढे ११ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० पुरा हुन अब ठ्याक्कै एक महिना बाँकी छ । १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको सरकारले अर्धवार्षिक समीक्षा र नयाँ आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणसहित दुई पटक लक्ष्य घटाएर १५ खर्ब ४ अर्ब ९९ करोड कायम गरेको छ । यो संशोधित लक्ष्य भेट्याउन समेत अब सरकारले दैनिक ११ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ भने राजस्वको लक्ष्य भेट्न दैनिक साढे ११ अर्ब रुपैयाँ आम्दानी गर्नुपर्छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्‍क अनुसार दैनिक १० अर्ब ९६ करोड रुपैयाँ बजेट खर्च गर्दा सरकारले लिएको पछिल्लो लक्ष्य १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ पुरा हुन्छ । तथ्याङ्‍क अनुसार बिहीबार (३२ जेठ)सम्म ११ खर्ब ७६ अर्ब ६ करोड रुपैयाँ बजेट खर्च भइसकेको छ । यो वार्षिक लक्ष्यको ६०.३६ प्रतिशत हो ।

सरकारले आगामी आव २०८०/८१ को बजेट भाषणमा मात्र वार्षिक विनियोजनको ८३.९० प्रतिशत बजेट खर्च गर्ने नयाँ लक्ष्य लिएको छ । यस अनुसार अबको १ महिनामा सरकारले ३ खर्ब २८ अर्ब ९३ करोड रुपैयाँ खर्च गर्नुपर्छ । सोही कारण सरकारले प्रतिदिन ११ अर्ब रुपैयाँ बजेट खर्च गर्नुपर्ने चुनौती सरकारसँग रहेको छ ।

दयनीय पूँजीगत खर्च

यो वर्ष पनि सरकारले विकास बजेट खर्चको प्रगति दयनीय देखिएको छ । जेठ मसान्तसम्म लक्ष्यको मात्र ४०.२४ प्रतिशत पूँजीगत खर्च भएको छ । सरकारले यस आवमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ विकास बजेट खर्च गर्ने भनेको थियो । तर, यसमा भारी कटौती गर्दै संशोधित लक्ष्य निर्धारण गरिएको छ ।

पछिल्लो संशाधित अनुमानअनुसार पूँजीगत खर्च विनियोजनको मात्र ६७.९१ प्रतिशत अर्थात् २ खर्ब ५८ अर्ब ३४ कारेड रुपैयाँ हुनेछ । यो लक्ष्य भेटाउन समेत सरकारले बाँकी १ महिनामा १ खर्ब ४ अर्ब २६ करोड खर्च गर्नुपर्छ । जस अनुसार सरकारले दैनिक ३ अर्ब ५० करोड रुपैयाँ विकास बजेट खर्च गर्नुपर्छ ।

चालु खर्च भने निरन्तर बढिरहेको छ । यस आवमा ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ चालु बजेट खर्चको लक्ष्य राखेको सरकारले जेठ मसान्तसम्म ८ खर्ब ७७ अर्ब ३९ करोड रुपैयाँ बजेट खर्च गरिसकेको छ । असार मसान्तसम्म चालू खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ । यो चालु खर्चका लागि लिएको कुल लक्ष्यको तुलनामा ८८.१८ प्रतिशत हो ।

चालु खर्चको संशोधित लक्ष्य पूरा गर्न सरकारले अब दैनिक ५ अर्ब ५३ करोड रुपैयाँ खर्च गर्नुपर्छ । वित्तीय व्यवस्थातर्फ यस वर्ष सरकारले २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य लिएको थियो । ३२ जेठसम्म वित्तीय व्यवस्थामा १ खर्ब ४५ अर्ब ५८ करोड रुपैयाँ खर्च गरिसकेको छ । यो लक्ष्यको ६३.२४ प्रतिशत हो । सरकारले बजेटमार्फत वित्तीय व्यवस्थामा २ खर्ब ३ अर्ब २६ करोड अर्थातः विनियोजन लक्ष्यको ८८.२९ प्रतिशत हो ।

राजस्वको लक्ष्य भेटाउन साढे ११ अर्ब आम्दानी आवश्यक

सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्वको लक्ष्य तोकेको थियो । यो लक्ष्य पूरा नहुने अर्थ मन्त्रालयले स्वीकार गरिसकेको छ । नयाँ लक्ष्य अनुसार असार मसान्तसम्म ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठ्नुपर्छ । यो कुल लक्ष्यको ८४ प्रतिशत मात्र हो । जुन अघिल्लो आवको तुलनामा ५.९५ प्रतिशत कम हुन आउँछ । सशोधित लक्ष्य भेट्नसमेत सरकारले १ महिनाको अवधि (असार)मा ३ खर्ब ४२ अर्ब ९९ करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्छ । यसअनुसार अब सरकारले दैनिक ११ अर्ब ४३ करोड रुपैयाँ राजस्व उठाउनु पर्छ । जेठ मसान्तसम्म सरकारले राजस्व, अनुदान र अन्य आम्दानीमार्फत कुल ८ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ कमाएको छ ।

सरकारको आम्दानी र खर्चबीचमा २ खर्ब ९५ अर्बको खाडल

यो वर्ष सरकारको आम्दानी र खर्चका बीचमा निरन्तर ठूलो खाडल रहँदै आएको छ । आर्थिक वर्षको ११ औं महिनासम्म आइपुग्दा २ खर्ब ९५ अर्ब ६८ करोड रुपैयाँको खाडल सरकारको आम्दानी र खर्चका बीचमा देखिएको छ । अपुग खर्चका लागि सरकारले ऋण लिनुपर्ने बाध्यता छ ।

तथ्याङ्‍क अनुसार सरकारको राजस्व, अनुदान र अन्य आम्दानीले चालु खर्च मात्र धान्न सकेको अवस्था छ । विकास खर्च र ऋण तिर्न पुनः ऋण नै लिनुपरेको तथ्यांकले देखाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १३:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।