April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

नेम्वाङको आसनमा फूलमाला राखियो

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १३:११
नेम्वाङको आसनमा फूलमाला राखियो
  • नेकपा एमालेको सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै 
  • आजको बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ रहेनन् 
  • उनी बस्ने गरेको कुर्सीमा एमालेले फूलमाला लगाए 

काठमाडौं ।।

नेकपा एमालेको सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ । अघिल्ला दिनहरुमा जस्तो आजको बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ छैनन् । उनको आजै निधन भएको छ । त्यसैले उनी बस्ने गरेको कुर्सीमा एमालेले फूलमाला लगाइदिएको छ ।

संविधान सभाका अध्यक्षसमेत रहेका एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको आज बिहान निधन भएको थियो । राति एक बजेतिर बालुवाटारस्थित निवासमा उनी बेहोस भएका थिए । परिवारका सदस्यहरुले उनलाई बेहोस अवस्थामै त्रिवि शिक्षण अस्पताल पुर्याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

आजै बिहान बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकपछि नेम्वाङको शव नेपाली सेनाको टोलीले त्रिवि शिक्षण अस्पतालबाट नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा ल्याएको छ । एमाले केन्द्रीय कार्यालयमा उनीप्रति श्रद्धाञ्जली अर्पणको कार्यक्रम राखिएको छ । श्रद्धाञ्जली अर्पण गर्न नेता–कार्यकर्ताहरु एमाले केन्द्रीय कार्यालयमा भेला भएका छन् । शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १३:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट