विराटनगर । यात्रुबसको ठक्करबाट मोरङको उर्लाबारीमा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बिहान प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको पैदल यात्रुलाई ठक्कर दिएको थियो । घटनमा ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको पहिचान खुल्न बाँकी छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार गम्भीर घाइते अवस्थामा उपराचार्थ अस्पताल पु¥याइएपछि मृत्यु भएको थियो । उनको शव मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएका छ ।
बस र चालक उर्लाबारी–२ का ५३ वर्षीय लोकबहादुर बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान थालिएको बताइएको छ ।