May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

प्रदेश र स्थानीय तहसँग अनुदानका लागि प्रस्ताव माग

  • साझा परिवेश
  • सोमवार, माघ ८, २०८० 0८:१४
प्रदेश र स्थानीय तहसँग  अनुदानका लागि प्रस्ताव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सङ्घीय सरकारले सात वटै प्रदेश र ७५३ स्थानीय तहलाई प्रदान गरिने समपूरक तथा विशेष अनुदान अन्तर्गत सञ्चालन हुने कार्यक्रमको प्रस्ताव पेस गर्न आग्रह गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १५ गतेभित्र आगामी आवमा सञ्चालन गरिने शैक्षिक विकास, आधारभूत स्वास्थ्य, खानेपानी, वन, वातावरण, जलाधार सिँचाइ, फोहोरमैला व्यवस्थापन, ऊर्जासम्बन्धी पूर्वाधार, वडा कार्यालयका भवन निर्माणलगायतका योजना माग गर्न आग्रह गरिएको मन्त्रालयले जनाएको हो।

मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले माघ १५ गतेभित्र राष्ट्रिय योजना आयोगमा पठाउन आइतबार सबै स्थानीय तह र प्रदेश सरकारलाई आग्रह गरिएको बताए । उनका अनुसार स्थानीय तहले प्राथमिकताका आधारमा कार्यपालिकाले निर्णय गरी महानगरपालिका र उपमहानगरपालिकाका लागि ५० लाखदेखि १५ करोड रुपियाँसम्मको आयोजना, नगरपालिकाका लागि ५० लाखदेखि १० करोड रुपियाँ र गाउँपालिकाका लागि ५० लाखदेखि पाँच करोड रुपियाँसम्म लागतका आयोजना छनोट गरी माग गर्नुपर्ने छ। सबै आयोजना बढीमा तीन वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने गरी प्रस्तावमा उल्लेख गर्नुपर्ने छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

  • साझा परिवेश
  • सोमवार, माघ ८, २०८० 0८:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।