May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

सांसद महेश बर्तौला : न्यायाधीशको परीक्षामा फेल हुनेहरु कसरी न्यायाधीश नियुक्त भए ?

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १४:४९
सांसद महेश बर्तौला : न्यायाधीशको परीक्षामा फेल हुनेहरु कसरी न्यायाधीश नियुक्त भए ?
  • जिल्ला न्यायाधीशको परीक्षामा अनुतीर्ण भएकाहरु पनि न्यायाधीश नियुक्त कसरी गरियो ?
  • न्यायपरिषद र न्याय सेवा आयोगसँग जवाफ माग्नुपर्छ 
  • नियुक्ति पाउनेमा न्यायाधीशको परीक्षामा फेल हुनेहरु पनि थिए

काठमाडौं ।।

नेकपा एमालेका सांसद महेश बर्तौलाले जिल्ला न्यायाधीशको परीक्षामा अनुतीर्ण भएकाहरु पनि न्यायाधीश नियुक्त गरिएको विषयमा न्यायपरिषद र न्याय सेवा आयोगसँग जवाफ माग्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले परीक्षामा फेल भएका व्यक्ति पनि न्यायाधीश नियुक्ति हुँदा न्यायालयप्रतिको जनआस्थामा नै असर पर्न सक्ने बताए ।

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको रिक्त ३६ पदमा पदपूर्ति गरेको थियो । तीमध्ये ७ जना ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट र २९ जना खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने थियो । तर खुला प्रतिस्पर्धाबाट जम्मा १ जना उतीर्ण भए र बाँकी २८ पदमा कानुन सेवाका उपसचिवहरुबाट नियुक्त गरिएको थियो । यसरी नियुक्ति पाउनेमा न्यायाधीशको परीक्षामा फेल हुनेहरु पनि थिए ।

 

 

सांसद बर्तौलाले खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुन नसकेको २८ पदमा अर्को माध्यमबाट पदपूर्ति गर्न संविधानले अनुमति नदिएको बताए । ‘परीक्षामा अनुतीर्ण भएकाहरु कसरी न्यायाधीश भए ? उनीहरुबाट कसरी न्यायको अनुभूति गर्न सक्छौं भन्ने आम जनताको प्रश्न छ, न्यायाधीश नियुक्तिमा संविधान कार्यान्वयन हुन सक्दैन भने माननीयज्यूहरु के हेरेर बस्नुभएको छ भनेका छन्’, सांसद बर्तौलाले भने ।

उनले यसरी न्यायाधीश नियुक्त हुनु लाजमर्दो अवस्था भन्दै यो विषयमा न्याय सेवा आयोग र न्याय परिषदलाई बोलाएर छलफल गर्नुपर्ने बताए । ‘तत्काल यो विषयमा भएको के हो बैठकमा डाकेर क्लियर गर्नुपर्छ’ उनले भने, ‘यसले न्यायाधीश नियुक्तिको प्रक्रियामा प्रश्न सिर्जना भयो, योग्यतामा प्रश्न सिर्जना भयो । त्यतिमात्र होइन, अयोग्य भएको न्यायाधीशबाट कुन प्रकारको न्यायको अपेक्षा गर्न सकिन्छ भन्ने प्रश्न सिर्जना हुने खतरा भयो ।’

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट