sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सांसद महेश बर्तौला : न्यायाधीशको परीक्षामा फेल हुनेहरु कसरी न्यायाधीश नियुक्त भए ?

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १४:४९
सांसद महेश बर्तौला : न्यायाधीशको परीक्षामा फेल हुनेहरु कसरी न्यायाधीश नियुक्त भए ?
  • जिल्ला न्यायाधीशको परीक्षामा अनुतीर्ण भएकाहरु पनि न्यायाधीश नियुक्त कसरी गरियो ?
  • न्यायपरिषद र न्याय सेवा आयोगसँग जवाफ माग्नुपर्छ 
  • नियुक्ति पाउनेमा न्यायाधीशको परीक्षामा फेल हुनेहरु पनि थिए

काठमाडौं ।।

नेकपा एमालेका सांसद महेश बर्तौलाले जिल्ला न्यायाधीशको परीक्षामा अनुतीर्ण भएकाहरु पनि न्यायाधीश नियुक्त गरिएको विषयमा न्यायपरिषद र न्याय सेवा आयोगसँग जवाफ माग्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले परीक्षामा फेल भएका व्यक्ति पनि न्यायाधीश नियुक्ति हुँदा न्यायालयप्रतिको जनआस्थामा नै असर पर्न सक्ने बताए ।

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको रिक्त ३६ पदमा पदपूर्ति गरेको थियो । तीमध्ये ७ जना ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट र २९ जना खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने थियो । तर खुला प्रतिस्पर्धाबाट जम्मा १ जना उतीर्ण भए र बाँकी २८ पदमा कानुन सेवाका उपसचिवहरुबाट नियुक्त गरिएको थियो । यसरी नियुक्ति पाउनेमा न्यायाधीशको परीक्षामा फेल हुनेहरु पनि थिए ।

 

 

सांसद बर्तौलाले खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुन नसकेको २८ पदमा अर्को माध्यमबाट पदपूर्ति गर्न संविधानले अनुमति नदिएको बताए । ‘परीक्षामा अनुतीर्ण भएकाहरु कसरी न्यायाधीश भए ? उनीहरुबाट कसरी न्यायको अनुभूति गर्न सक्छौं भन्ने आम जनताको प्रश्न छ, न्यायाधीश नियुक्तिमा संविधान कार्यान्वयन हुन सक्दैन भने माननीयज्यूहरु के हेरेर बस्नुभएको छ भनेका छन्’, सांसद बर्तौलाले भने ।

उनले यसरी न्यायाधीश नियुक्त हुनु लाजमर्दो अवस्था भन्दै यो विषयमा न्याय सेवा आयोग र न्याय परिषदलाई बोलाएर छलफल गर्नुपर्ने बताए । ‘तत्काल यो विषयमा भएको के हो बैठकमा डाकेर क्लियर गर्नुपर्छ’ उनले भने, ‘यसले न्यायाधीश नियुक्तिको प्रक्रियामा प्रश्न सिर्जना भयो, योग्यतामा प्रश्न सिर्जना भयो । त्यतिमात्र होइन, अयोग्य भएको न्यायाधीशबाट कुन प्रकारको न्यायको अपेक्षा गर्न सकिन्छ भन्ने प्रश्न सिर्जना हुने खतरा भयो ।’

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid