May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

दावा छिरिङ सुन तस्करको व्यवस्थापक नै रहेको खुलाशा

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १४:0१
दावा छिरिङ सुन तस्करको व्यवस्थापक नै रहेको खुलाशा
  • तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक
  • दावाले एलेक्स भनिने याओ पुचेङसँग मिलेर सुन तस्करीको समूह बनाएको पाइयो 

काठमाडौं ।।

मोटसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक भएको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गरेर दावाले तस्कर समूहका नेपाली कारिन्दालाई व्यवस्थापन गर्ने जिम्मा लिएको पाइएको बताएको हो । सुन प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार, दावाले एलेक्स भनिने याओ पुचेङसँग मिलेर सुन तस्करीको समूहको नेपालमा व्यवस्थापन गरेका थिए ।

‘एलेक्सले भनेअनुसार नै उनले समूहका सदस्यहरुलाई चाहिने कोठा र घर भाडामा लिने काम गरेको पनि पाइएको छ’, थापाले भने, ‘सुन गाल्नलाई व्यवस्थापन गरिएको टोखा र लाजिम्पाटस्थित स्थानमा सम्पर्क र भेटघाटको वातावरण पनि उनले नै मिलाउने गरेको पाइएको छ ।’

आरोपीहरुलाई होटलमा बस्ने प्रबन्धको व्यवस्थापन पनि उनैले गरेको पाइएको प्रहरीले जनाएको छ । दावा रोल्पाकी माओवादी नेतृ अमला रोकाका श्रीमान् हुन् । अमलाको नाममा ठमेलस्थित होटल भियना छ । तस्कर समूहले त्यस होटल प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनलाई पनि प्रतिवादी बनाएर रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइँदैछ ।

एसपी थापाका अनुसार, होटल भियनासँगै रहेको केटीबी काराओकेमा पनि तस्कर समूहका सदस्यहरु भेला हुने गरेको पाइएको छ । ‘सामान बरामद भएपछि लुकिछिपी बस्नका लागि अपार्टमेन्टको व्यवस्थापन पनि दावाले नै गरेको पाइएको छ’, थापाले भने, ‘चिनियाँलाई नेपाली नागरिक र राहदानी बनाउन सहयोग गर्नेको पनि पहिचान भइसकेको छ, खोजी गरिरहेका छौं ।’

माओवादी नेतृसँग विवाह गरेका कारण दावाको माओवादी नेताहरुसँग पनि निकट सम्बन्ध रहँदै आएको थियो । अनुसन्धानका क्रममा दावाको दुई पूर्वप्रहरी प्रमुखसँग पनि निकट सम्बन्ध रहेको फेला परेको थियो ।

अनुसन्धान चलिरहेका बेला अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी र दावाको म्यासेजको विवरण पनि सार्वजनिक भएको थियो । तर, प्रहरीले उनीसँग सम्बन्ध देखिएका कसैलाई प्रतिवादी बनाएन । बरु वीच्याट कुुराकानीमार्फत जोडिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग पनि प्रहरीले बयान लिएको छ ।

‘अनुसन्धानको एउटा चरण मात्र सकिएको हो, थुप्रै फरार व्यक्तिहरु बाँकी नै छन्’, सीआईबी प्रमुख किरण बज्राचार्य भन्छिन्, ‘१० वटा घटनास्थल छन्, अझै अनुसन्धान गर्न थुप्रै पाटो छन्, त्यसैले यो अनुसन्धान सकिएको छैन ।’

अदालतमा मुद्दा दर्ता भएपनि निरन्तर अनुसन्धान भइरहने उनले बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘पछि आवश्यकता अनुसार पुरक अभियोग पनि जानसक्छ ।’

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।