November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राष्ट्रियसभा बैठक भोलि,नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १६:२२
राष्ट्रियसभा बैठक भोलि,नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने

काठमाडौं : संघीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक भोलि दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भएको छ। बैठकमा संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।

यसअघि भदौ २२ गते बसेको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

पूर्वसभामुख समेत रहेका एमाले सांसद नेम्वाङको मंगलबार बिहान १ : ३० बजेतिर हृदयघातबाट निधन भएको थियो।

उनको पार्थिव शरीर दुई दिन एमाले पार्टी कार्यालय च्यासलमा राखेर आज निजी निवास बालुवाटार लगिएको छ।

नेम्वाङको भोलि बिहान ११ बजे पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ।
उनको निधनमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १६:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्