May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

सरकारले विश्वका थप ८ देशमा नेपाली दूतावास स्थापना गर्ने

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १0:0५
सरकारले विश्वका थप ८ देशमा नेपाली दूतावास स्थापना गर्ने

सरकारले विश्वका थप आठवटा देशमा नेपाली दूतावास स्थापना गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गएको सोमबार र मंगलबार बसेको उच्चस्तरीय बैठकले पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्यान्ड र टर्कीमा दूतावास खोल्ने निर्णय गरेको हो।

वैदेशिक रोजगारीमा नयाँ गन्तव्य बनेका युरोपका पाँचसहित आठ मुलुकमा नेपाली दूतावास स्थापना गर्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ती मुलुकमा नेपाली समुदायको बाक्लो उपस्थिति हुन थालेकाले उनीहरुलाई कन्सुलर सेवा प्रदान गर्न दूतावास खोल्ने निर्णय गरिएको सरकारले जनाएको छ।

नयाँ स्थापना गर्न लागिएका दूतावासमा परराष्ट्र सेवाको उपसचिव, श्रम मन्त्रालयको अधिकृतस्तरको श्रम सहचारी र एक जना स्थानीय कर्मचारी रहने निर्णय सरकारले गरेको छ।

प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, मुख्य सचिव वैकुण्ठ अर्याल, श्रमसचिव केवलप्रसाद भण्डारी, गृहसचिव दिनेश भट्टराई, परराष्ट्र सचिव भरतराज पौड्याल, विभिन्न १२ वटा मुख्य गन्तव्य मुलुकस्थित नेपाली नियोगका राजदूत, महावाणिज्यदूत र सम्बन्धित मन्त्रालयका सहसचिव सहितको बैठकले थप आठवटा देशमा राजदूतावास स्थापना गर्ने निर्णय गरेको हो।

उच्च स्तरीय बैठकको निर्णयअनुसार अब परराष्ट्र मन्त्रालयले आठवटा देशमा दूतावास स्थापनाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने छ। मन्त्रिपरिषद्ले निर्णय गरेपछि ती देशमा दूतावास स्थापना हुनेछ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १0:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट