April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

कोशीमा मुख्यमन्त्री कार्कीले दिए एमालेलाई झट्का

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० 0८:५१
कोशीमा मुख्यमन्त्री कार्कीले दिए एमालेलाई झट्का
  • माओवादी र एकीकृत समाजवादीलाई समेटेर मन्त्रीमण्डल विस्तार
  • एमाले सरकारबाट बाहिरिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका छन् । शुक्रबार केन्द्रीय सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रीमण्डल विस्तार गरेर पाँच सदस्यीय बनाएका छन् । गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले २८ गते एमालेबाट राम रानामगर र नेपाली कांग्रेसबाट शम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए । एमालेको असहमतिका बीच शुक्रबार उनले नेकपा माओवादीबाट गणेश उप्रेती (शुसिल) र नेकपा एकिकृत समाजवादीबाट कमलप्रसाद जबेगुलाई मन्त्री बनाएका हुन् ।

उप्रेती मोरङको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् । उप्रेतीले हालसम्म कुनै पनि राजकीय जिम्मेवारी निर्वाह गरेका छैनन् । यता जबेगु पुराना बामपन्थी नेता हुन् । उनी यसअघि उद्धव थापा मुख्यमन्त्री हुँदा पनि मन्त्री मण्डलमा सहभागी भएका थिए । उनी पाँचथर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

एमाले सरकारबाट बाहिरिने

यता कार्कीलाई मुख्यमन्त्री बनाउन प्रमुख भूमिका खेलेको नेकपा एमाले भने कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । आफ्नो सहमति बिना मन्त्रीमण्डल विस्तार गरेको भन्दै एमालेले सरकारबाट बाहिरिने बताएको हो ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले भने, ‘हामी हिजो पनि सरकारको गठबन्धनमा थिएनौं, भोलि पनि हुँदैनौं । हामी सरकारबाट बाहिरिन्छौं । केन्द्रीय गठबन्धनमा भएका दल प्रदेश सरकारमा सामेल भएपछि हामी सरकारमा बसिरहँदैनौं ।’ एमालेले मुख्यमन्त्री कार्कीले गरेको सरकार विस्तारबारे आज बैठक बसेर औपचारिक निर्णय गर्ने जनाएको छ ।

एमालेको समर्थनमा कांग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले सरकारमा गठबन्धन सामेल गर्ने कि एमाले मात्र भन्ने निर्णय गर्न नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् । कार्कीले सहमतीय सरकार बनाउन भन्दै एमालेसँग छलफल गरेपनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको थियो । तर, मुख्यमन्त्री कार्कीले आफ्नो पार्टी कांग्रेस र गठबन्धनको दबाबको कारण गठबन्धनबाटै सरकारमा मन्त्री थप गर्ने निष्कर्षमा पुगेका हुन् ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० 0८:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।