May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

यो वर्षको विश्व सुन्दरी प्रतियोगिता दिल्लीमा हुने

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १२:५0
यो वर्षको विश्व सुन्दरी प्रतियोगिता दिल्लीमा हुने
  • विश्व सुन्दरी प्रतियोगिता २०२३ दिल्लीमा मंसिर ३० गते (डिसेम्बर १६) मा हुने 
  • मिस नेपाल वर्ल्ड-२०२२ प्रियंकारानी जोशीले मुलुकको प्रतिनिधित्व गर्दै
  • नेपालले ब्युटी विथ पर्पस र फास्ट ट्रयाक विधामा दाबेदारी पेश गर्ने तयारी

काठमाडौं ।।

विश्व सुन्दरी प्रतियोगिता २०२३ को फिनाले भारतको राजधानी नयाँ दिल्लीमा मंसिर ३० गते (डिसेम्बर १६) मा हुने भएको छ । यसअघि भारतमा प्रतियोगिता हुने भनिए पनि कुन ठाउँमा हुने खुलाइएको थिएन ।

विभिन्न ठाउँलाई लिएर अड्कलबाजी चलिरहेका थिए । द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिल्लीमा प्रतियोगिता हुने निश्चित भएको जानकारी दिए । विवरणअनुसार २७ वर्षपछि भारतमा मिस वर्ल्ड आयोजना हुन लागेको हो ।

७१ औं संस्करणमा मिस नेपाल वर्ल्ड-२०२२ प्रियंकारानी जोशीले मुलुकको प्रतिनिधित्व गर्दैछिन् । अहिले उनी यसका लागि तयारीमा जुटेकी छन् ।

नेपालले ब्युटी विथ पर्पस र मल्टिमिडिया लगायतका फास्ट ट्रयाक विधामा दाबेदारी पेश गर्ने तयारी गरिरहेको छ । प्रियंकाले पनि सोहीअनुसार आफू यी फास्ट-ट्रयाक विधामा जित निकाल्ने रणनीतिमा लागेको बताएकी छन् ।

विश्वका २० ठूला धनी देशहरुको सम्मेलन जी-२० को सफलतापूर्वक आयोजना भएको भारतमा विश्व सौन्दर्य प्रतियोगिताकै सर्वोच्च प्रतिस्पर्धा आयोजना हुन लागेको हो ।

 

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।