May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

अवैंध सुनसहित ३ जना पक्राउ

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:२७
अवैंध सुनसहित ३ जना पक्राउ
  • अवैंध सुनसहित प्रहरीले तीन जनालाई पक्राउ
  • संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त सुन फेला पार्यो 
  • पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान हुँदै 

रसुवा ।।

रसुवामा लाखौं मूल्य बराबरको अवैंध सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढीबाट करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तोला सुनसहित प्रहरीले तीन जनालाई समातेको हो । पक्राउ पर्नेहरुमा आमाछोदिङ्मो गाउँपालिका-१ हाकु बस्ने ४४ वर्षीय सिने वाङ्दी तामाङ, सोही गाउँपालिका-५ चिलिमेका १६ वर्षीया किशोरी र सोही गाउँपालिका-४ का २३ वर्षीया लक्ष्मी तामाङ रहेकी छन् ।  चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई रसुवागढी नाकामा खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त सुन फेला परेको बताइएको छ ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

 

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।