July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

राजकीय सम्मानसाथ सुवास नेम्वाङको अन्त्येष्टि, छोराले दिए दागबत्ती

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १३:0४
राजकीय सम्मानसाथ सुवास नेम्वाङको अन्त्येष्टि, छोराले दिए दागबत्ती

काठमाडौं : संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको बिहीबार पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिएको छ।

उनको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाए श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा र पुष्पगुच्छा चढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरेका थिए।

नेम्वाङको पार्थिव शरीरमा उनका दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । राजकीय सम्मानस्वरुप नेपाल सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो।

अन्त्येष्टिमा नेपाल सरकारका मन्त्रीहरू,राजनीतिक दलका शीर्ष नेताहरू,आफन्त,परिवारजन तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको छ।

अन्त्येष्टिअघि बालुवाटारबाट शिक्षण अस्पताल-महाराजगञ्ज-नारायणगोपाल चोक-धुम्वाराही-चाबहिल-गौशालाहुँदै पशुपति आर्यघाटसम्म शवयात्रा निकालिएको थियो।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा मंगलबार बिहान हृदयघात भएपछि नेम्वाङलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको थियो। उपचार हुन नपाउँदै नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेको थियो।

बुधबार दिउँसो १ बजेसम्म श्रद्धाञ्जली अर्पणका लागि च्यासलस्थित पार्टी कार्यालयमा नेम्वाङको पार्थिव शरीर राखिएको थियो। त्यसपछि उनको पार्थिव शवलाई बालुवाटारस्थित निवासमा लगिएको थियो।

पूर्वसभामुख समेत रहेका नेम्वाङको निधनमा आज सरकारले शोक बिदा दिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार नेम्वाङको निधनप्रति सार्वजनिक बिदा दिएको हो।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्