May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेम्वाङको अन्त्येष्टिमा टोलाउँदै शीर्ष नेताहरु

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १४:0७
नेम्वाङको अन्त्येष्टिमा टोलाउँदै शीर्ष नेताहरु
  • नेम्वाङको अन्त्येष्टिमा पशुपति आर्यघाटमा सयौं सर्वसाधारण पुगे
  • नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो 
  • उनलाई नेपाली सेनाको टोलीले सलामी पनि दियो 

काठमाडौं ।।

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिमा पशुपति आर्यघाटमा सयौं सर्वसाधारण पुगेका छन् ।बिहीबार दिउँसो नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट पशुपति आर्यघाट लगि अन्त्येष्टि गरिएको हो । त्यस क्रममा आर्यघाटमा ठूलो संख्यामा सर्वसाधारण पनि पुगेका थिए ।

विभिन्न राजनीतिक दलका नेता, समाजका अन्य क्षेत्रका गन्यमान्यका साथै सर्वसाधारण पनि चर्को घामको परवाह नगरी नेम्वाङप्रति सम्मान व्यक्त गर्न पुगेका थिए । नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो उनलाई नेपाली सेनाको टोलीले सलामी दिएको थियो ।

गत मंगलबार विहान हृदयघातका कारण निधन भएृका नेम्वाङको शव मंगलबार र बुधबार श्रद्धाञ्जलीका लागि नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिएको थियो । बुधबार दिउँसो लिम्बू समुदायको साँस्कृतिक संस्कारका लागि नेम्वाङको शव उनकै घर बालुवाटारमा राखिएको थियो ।

 

 

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १४:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट