June 2, 2025 | सोमवार, जेष्ठ २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पोखरामा विद्यालय नाटक महोत्सव सुरु, आज ‘म..म..म..म..भूत’ मञ्चन हुँदै

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १४:१३
पोखरामा विद्यालय नाटक महोत्सव सुरु, आज ‘म..म..म..म..भूत’ मञ्चन हुँदै

पर्वत : पोखरामा रहेर नाटक प्रदर्शन गर्दै आइरहेको पोखरा थिएटरको आयोजनामा पाँचौँ संस्करणको ‘पोखरा विद्यालय नाटक महोत्सव–२०८०’ सुरु भएको छ।

‘विद्यालयमा रङ्गमञ्च अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल नाराका साथ २०७६ सालबाट आयोजना हुँदै आएको विद्यालय नाटक महोत्सवको मुख्य नारा यस पटकबाट परिमार्जन गरेर ‘शिक्षण विधिको रूपमा विद्यालयमा नाटक’ बनाइएको छ। यस पटकदेखि नाटकको छनोट प्रक्रियामा पनि परिमार्जन भएको छ। यस पटक विद्यालयमा भइरहेको नाट्य क्रियाशीलतालाई हेरेर पन्ध्र विद्यालयका नाटकलाई महोत्सवमा आमन्त्रण गरिएको छ।

महोत्सवको पोखरेली शैक्षिक इतिहासका धरोहर जर्ज जोनले उद्घाटन गरेका छन्। कार्यक्रममा बोल्दै उनले नाटक महोत्सवले कला संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न सघाउने बताए। नाट्य क्षेत्र महत्त्वपूर्ण क्षेत्र भएको भन्दै उनले यो क्षेत्रमा भविष्य भएको पनि उल्लेख गरे। महोत्सव संयोजक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले निरन्तर महोत्सव आयोजना गर्न सबैको साथले सम्भव भएको जोनको भनाइ छ। विद्यालय नाटक महोत्सव आयोजना गरेको पाँच वर्षमा केही उपलब्धि देखिन थालेको उनले उल्लेख गरे।

पोखरा थिएटरका संस्थापक सञ्चालक दिलप्रसाद गुरुङले नाटक महोत्सव प्रतिको चासो बढ्न थालेको बताए। रङ्गमञ्च क्षेत्रको विकास तथा उत्थानका लागि स्थापित थिएटरले आफ्नो स्थापनाकालदेखि नै नाटक मञ्चन, विद्यालयमा अभिनय कक्षा, प्रशिक्षण, नाट्य महोत्सव तथा विभिन्न रङ्गमञ्चमय गतिविधिहरू आयोजना गर्दै आइरहेको उनको भनाइ छ।

महोत्सवमा पोखरा महानगरपालिका भित्रका विद्यालयका १४ नाटक तथा अतिथि नाटकको रूपमा काठमाडौँबाट थप एक नाटक हेर्न पाइने पोखरा थिएटरका अध्यक्ष एवं महोत्सवका संयोजक परिवर्तनले बताए। महोत्सव आगामी असोज १२ गतेसम्म सञ्चालन हुने छ। महोत्सवको पहिलो दिन बुधवार हिल पोइन्ट मा.वि. माटेपानी पोखराको नाटक ‘शिलान्यास’ मञ्चन गरिएको छ। भीमनिधि तिवारीले लेखेको नाटक रमेश तिमल्सिनाको निर्देशनमा मञ्चन भएको हो। नाटकमा आशिष् लामिछाने, सचिन भित्रकोटी, रोनीक मल्ल, स्यासिन पुन, प्रतिज्ञा कुवर, कृश गुरुङ, आदित्य लामा गुरुङ, भगवत थापा मगर, स्वरूप सुबेदी, अङ्कित तिमिल्सिना, आदित्य गुरुङ, अर्पण लामिछाने, आर्यान तिमिल्सिना, प्रमिसा लामिछाने लगायतले अभिनय गरेका थिए।

बिहीबार नवदिप बोर्डिङ स्कुल अम्मरसिंहले तयार पारेको ‘म..म..म..म..भूत’ नाटक हेर्न पाइने छ। सरुभक्तले लेखेको नाटक दिप्सना विश्वकर्माको निर्देशनमा तयार भएको छ। यो नाटकमा सोमिया खातुन, सृष्टि अधिकारी, अनुस्का गुरुङ, लेबिस्का परियार, सोइक्षा परियार, रियाना सुनार, रिया गुरुङ, शिवानी थापा, निमृता गुरुङ, ममता गुरुङ, रिद्दी गुरुङ, गिष्मा बुडाथोकी, सुशान्त गुरुङ, सुप्रिया शेर्पा, सुवास गुरुङ, सुविक्षा सुनार, सलिसा गुरुङ र श्वेता गुरुङको अभिनय रहने छ।

महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्ड्रेनले सहकार्य गरेका छन्। महोत्सवको प्रवर्द्धकको रूपमा पोखरा महानगरपालिका रहेको छ। पाँचौँ संस्करणको विद्यालय नाटक महोत्सव नारा ‘शिक्षण विधिको रूपमा विद्यालयमा नाटक’ तय गरिएको छ। महोत्सवमा मञ्चन हुने सबै नाटक हेर्ने दर्शकको सहजताको लागि एक हजार रुपैयाँ तिरेर सदस्यता लिन सक्ने व्यवस्था मिलाइएको छ। हरेक विद्यालयलाई प्रोत्साहन स्वरूप १० हजार रुपैयाँ प्रदान गरिने थिएटरले बताएको छ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १४:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट