May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

लिबियामा बाढीका कारण २० हजार जनाको ज्यान गएको सरकारी अधिकारीको अनुमान

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १४:२२
लिबियामा बाढीका कारण २० हजार जनाको ज्यान गएको सरकारी अधिकारीको अनुमान

लिबियामा बाढीका कारण २० हजार जनाको ज्यान गएको सरकारी अधिकारीले आशङ्का गरेका छन् ।

लिबियाको डेर्ना सहरका मेयरले अचानक आएको बाढीका कारण झन्डै २० हजार जना मानिसको ज्यान गएको अनुमान गरेकाे बताउनुभएको बीबीसीले जनाएको छ । अहिलेसम्म पाँच हजार पाँच सय जनाको शव भेटिएको छ ।

गएको आइतवार आएको विनाशकारी बाढीले देशको पूर्वी क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बन्दरगाह सहर डेर्नाका मेयरले साउदी न्युज च्यानल अल–अरेबियालाई दुई वटा बाँध भत्किएर आएको बाढीमा झन्डै १८ देखि २० हजार मानिसको ज्यान गएको अनुमान गरेकाे बताउनुभएको खबरमा उल्लेख छ ।

मानिसहरू सुतिरहेको समयमा सुनामी जस्तै गरेर ठूलाे बाढी आएको थियो । धेरै शव अझै पनि भग्नावशेषमुनि वा समुद्रमा पुरिएका छन् । यसका कारण रोग सर्ने जोखिम बढेको छ ।

यसैबीच लिबियाका धेरै छिमेकीले उद्धार टोली र मानवीय सहायता सामग्री पठाउन थालेका छन् । लिबियाका बाढी पीडितलाई सघाउन संयुक्त राष्ट्र सङ्घले तत्काल एक करोड अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।