sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गोविन्द केसीको सत्याग्रह स्थगित

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १५:३६
गोविन्द केसीको सत्याग्रह स्थगित
  • डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह स्थगित गरेको घोषणा
  • चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको सार्वजनिक प्रतिबद्धतापछि सत्याग्रह नगर्ने निर्णय 

काठमाडौं ।।

सामाजिक अभियन्ता डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह स्थगित गरेको घोषणा गरेका छन् ।  चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्षले आफू दलीय आबद्धता र स्वार्थको द्वन्द्वबाट टाढा रहेको तथा चिकित्सा शिक्षा ऐन र नियमावलीअनुसार पदीय दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको सार्वजनिक प्रतिबद्धता गरेपछि उनले सत्याग्रह स्थगित गरेका हुन् ।

“यो अवस्थामा भदौ २९ गते घोषित सत्याग्रह तीन महिनाका लागि स्थगित गरेका छौँ । अब सत्याग्रह सुरु गर्न परेको खण्डमा देशमा रहेको सबै खाले दण्डहीनताका जरोमा रहेको द्वन्द्वकालीन अन्यायको विषयलाई मुख्यरूपमा उठान गर्ने तथा त्यसका लागि जिम्मेवार दुवै पक्षका व्यक्तिहरूलाई जवाफदेही बनाउने पनि जानकारी गराउन चाहन्छौँ,” डा. केसीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न मागहरू राखी साउन २९ गतेदेखि सत्याग्रह राखेकोमा सरकारका विभिन्न प्रतिबद्धताहरूपछि त्यसलाई भदौ २९ गतेसम्म सारिएको थियो । हालैका दिनमा शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलगायतका कर्मचारीहरूसितको भेटघाटमा उनीहरूले तीन महिनाको समय माग गरेको उनले जनाएका छन् ।

पदाधिकारी नियुक्तिका मापदण्ड कायम गर्नका लागि कानुनी व्यवस्था गर्ने, एकीकृत प्रतिष्ठान ऐन जारी गर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्‍याउनेलगायतका कामहरूका लागि उनीहरूले तीन महिनाको समय मागेको डा. केसीले बताएका छन् ।

डा. केसी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि संघर्षरत छन् । यसबीच देशमा दण्डहीनताको अन्त गर्न र सरकारलगायत राज्यका अंगहरूलाई जवाफदेही बनाउन उनले विभिन्न चरणमा सत्याग्रहसमेतको आन्दोलन गरेका छन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १५:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid