April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

नेताहरुको बढेको र दुई महामन्त्रीको ग्राफ घटेको छ : भीष्मराज आङ्देम्बे

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १७:१९
नेताहरुको बढेको र दुई महामन्त्रीको ग्राफ घटेको छ : भीष्मराज आङ्देम्बे
  • दुई महामन्त्रीको लोकप्रियताको ग्राफ घटेको दाबी
  • सिनियर नेताहरुको भने लोकप्रियताको ग्राफ बढेको

काठमाडौं ।।

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले दुई महामन्त्रीको लोकप्रियताको ग्राफ घटेको दाबी गरेका छन् । केन्द्रीय समितिको बैठकमा धारणा राख्दै आङदेम्बेले सिनियर नेताहरुको भने लोकप्रियताको ग्राफ बढेको बताए ।

‘युवा नेताहरुको लोकप्रियताको ग्राफ अलिकति घटेकै छ । सिनियर लिडरसीपकै लोकप्रियता बढेको छ । बढ्नेले कायम राख्ने घट्नेले बढाउने गर्नुपर्छ,’ आङदेम्बेले भने ।

दुई महामन्त्रीहरुलाई बैठकमा अनेक प्रश्न उठेको प्रशंग निकाल्दै उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बल्ल नेता भएको जस्तोे आफूलाई लागेको उनले बताए ।

गठबन्धन टुटेपछिको समय अप्ठ्यारोपूर्ण रहेको उनले बैठकमा सुनाए । ‘त्यो दुई महिना साँच्चै टफ थियो । जितेर आउने साथीहरु डिप्रेसनमा जाला भन्ने पीर भइसकेको थियो,’ आङदेम्बेले भने, ‘अब निराशा बाँड्ने छुट कांग्रेसलाई छैन ।’ एकले अर्कालाई दोषारोपण मात्रै गरिरहने हो भने काहीँ नपुगिने उनले सुनाए ।

 

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १७:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।