October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

रसुवाको गोसाईकुण्डमा पुग्यो नेपाल टेलिकमको टुजी मोबाइल सेवा

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १६:४३
रसुवाको गोसाईकुण्डमा पुग्यो नेपाल टेलिकमको टुजी मोबाइल सेवा

काठमाडौं । रसुवाको गोसाईकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ । गोसाईकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट गत भदौ १० देखि मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।

याेसँगै अब यो क्षेत्रमा टुजी मोबाइल सेवा चलाउन सकिने कम्पनीले जनाएकाे छ । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा उपकरण पुऱ्याउन असहज भइराखेको अवस्थामा गोसाईकुण्ड मेलालाई केन्द्रित गरी प्रतिनिधि सभा सदस्य इन्जिनियर मोहन आचार्यको सहयोगमा एक टनभन्दा बढी परिमाणका उपकरण ढुवानी गरिएको थियो ।

रसुवाको सदरमुकाम धुन्चेदेखि करिब दुई दिन लगाएर सामान ढुवानी गरिएको टेलिकमकाे भनाइ छ । कम्पनीले गोसाईकुण्ड र सूर्यकुण्डलाई लक्षित गरी एउटा र भैरवकुण्ड तथा राजमार्ग क्षेत्रलाई लक्षित गरी अर्को एन्टेना जडान गरेको छ ।

यसबाट अबका दिनमा तीर्थ जाँदा बिरामी परे हेलिकप्टर वा अन्य स्थानबाट मानवीय सहयोग माग्न सहज भएको छ । उपकरण सञ्चालनका लागि ६ प्यानलको सोलार प्रयोग गरिएको छ ।
मेलालाई लक्षित गरी यो सेवा सञ्चालनमा ल्याइएको हो । आगामी दिनमा यो क्षेत्रमा माइक्रोवेभ लिंकमार्फत अझ प्रभावकारी सेवा उपलब्ध गराउने टेलिकमको योजना छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट