May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य

कर्मचारी सञ्चय कोषले आज ६२औँ वार्षिकोत्सव मनाउँदै

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० १0:0९
कर्मचारी सञ्चय कोषले आज ६२औँ वार्षिकोत्सव मनाउँदै

काठमाण्डाै – कर्मचारी सञ्चय कोषले आफनो ६२औँ वार्षिकोत्सव आज मनाउँदैछ । २०१९ सालमा स्थापना भएको कोषले २०३६ सालदेखि सरकारी शिक्षकहरूको कोष कट्टीको सुरुवात गरेको थियो भने ०४७ सालदेखि निजी क्षेत्रको कोष कट्टीको शुरुवात गरेको थियो ।

कोषले २०५२ सालदेखि कुटनीतिक नियोग, गैरसरकारी संस्था लगायतको कोष कट्टी गर्दै आइरहेको छ । कोषले ०७६ देखि योगदानमा आधारित निवृत्तभरण योजना र ०७७ देखि सार्वजनिक निकायको निवृत्तभरण तथा उपदान योजनाको सञ्चालन गर्दै आएको छ । कोष ६२औँ वर्षमा प्रवेश गर्दा कोषमा ५ लाख ८२ हजार सञ्चयकर्ता छन् ।

यस्तै, निवृत्तभरण कोषमा ६३ हजार ३ सय योगदानकर्ता छन् । कर्मचारीलाई सञ्चय कोषले सञ्चित रकममा ७ दशमलव ५ प्रतिशत ब्याज उपलब्ध गराउने गरेको छ । सञ्चयकर्ताले सञ्चय कोषमा रहेको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन पाउँछन् । जसको ब्याजदर ८ दशमलव ६० प्रतिशत छ ।

कोषले दुर्घटना क्षतिपूर्ति योजना, काजक्रिया अनुदान खर्च, सुत्केरी तथा शिशु हेरचाह योजना र सञ्चयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना गरी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० १0:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।