May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

जहाँ आफ्नो चिहान आफैँ बनाइन्छ

  • साझा परिवेश
  • शनिबार, माघ २७, २०८० 0८:0३
जहाँ आफ्नो चिहान आफैँ बनाइन्छ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङस्थित माङ्दाङ्वा गाउँका मनप्रसाद इवाहाङ अहिले ८२ वर्ष पुगे । माङ्दाङ्वा गाउँका बिचमा उनको एउटा सामान्य कच्ची घर छ । घरभन्दा अलि मुनि अर्कोे ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर एक सानो तर चिटिक्क परेको पक्की घर निर्माण गरेका छन् ।

सामान्य कच्ची घरमा उनी अहिले बस्दै आएका छन् । तर चिटिक्क परेको सानो पक्की घर भने उनले आफ्नो मृत्युपछि आफ्नै प्रयोजनका निम्ति निर्माण गरेका छन् । त्यसलाई स्थानीयले लास घर अर्थात् कपुरथान (चिहान) भन्ने गरेका छन् । लिम्बू भाषामा यसलाई चेहिम भन्ने गरिन्छ । चे भनेको लास र हिम भनेको घर भन्ने बुझिन्छ ।

चार छोरी र एक छोरा रहेका मनप्रसाद आफ्नी ७३ वर्षीया पत्नी शुकरानी इवाहाङसँग रहँदै आएका छन् । उनले कपुरथान पतिपत्नी दुवै जना अट्ने गरी दुई कोठा भएको निर्माण गरेका छन् ।पाँच वर्षअघि नै करिब एक लाख रुपियाँ खर्चेर ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर कपुरथान निर्माण गरेका हुन् । कपुरथानमा शव राख्ने भाग खाली राखिएको छ । खाली भागमा मनप्रसाद र शुकरानीको निधनपछि पार्थिव शरीर राखिने छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

  • साझा परिवेश
  • शनिबार, माघ २७, २०८० 0८:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।